इमान्दार संवाददाता
३३८ पटक

काठमाडौं ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारत जाने तयारी गरेका छन् । पत्नी हिसिला यमी र बुवा भोजप्रसादसहित भारत जान लागेका डा. भट्टराई एक साता उतै रहने उनको सचिवालयले जनाएको छ ।

नयाँ शक्ति पार्टीका अनुसार डा. भट्टराईले केही राजनीतिक कार्यक्रममा सहभागीता जनाउनुका साथै धार्मिक र पर्यटकीय स्थानहरुको भ्रमण पनि गर्नेछन् ।

डा. भट्टराईले बैंगलोरमा आयोजित अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको कार्यकर्ता भेलालाई प्रशिक्षण दिने मिडिया सेन्टरले जानकारी दिएको छ  । उनी नयाँदिल्ली, मुम्बई र तमिलनाडुसमेत पुग्ने र नेपालीहरुको समस्या समाधानका विषयमा परामर्श गर्ने नयाँ शक्तिले जनाएको छ ।

भट्टराईले धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थानहरुको भ्रमण पनि गर्नेछन् । उनको साथमा ८८ वर्षीय बुबा भोजप्रसाद भट्टराई पनि रहनेछन् । बुबासँगै भट्टराईले रामेश्वरम र द्वारकाधामको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । डा. भट्टराई बैशाख ८ गते साँझ काठमाडौं फर्किने नयाँ शक्ति पार्टी नेपालको मिडिया सेन्टरले जनाएको छ ।

२०७४ चैत ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड