इमान्दार संवाददाता
५४२ पटक

काठमाडौँ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि व्यापक धरपकड बढाएको छ । व्यवसायीसँग आर्थिक सहयोग मागेको आरोप लगाउँदै प्रहरीले मंगलबार काठमाडौँबाट ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँबाट पक्राउ पर्नेमा नविन केसी, प्रज्जवल शाही, सन्तोष ऐरी र रामकुमार डाँगी रहेका छन् । उनीहरुलाई न्यूरोड र दरबारमार्ग क्षेत्रबाट पक्राउ गरीएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीहरु आर्थिक सहयोग माग्न आएका बेला व्यापारीकै सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ। उनीहरुले व्यवसायीसँग ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म सहयोग मागेको प्रहरीको आरोप छ । यद्दपी यो आरोप प्रमाणित हुने कुनै आधार भने सार्बजनिक गरेको छैन ।

यस्तै उता चितवनबाट पनि मंगलवार नै प्रहरीले नेकपाको जनपरिचालन समिति सदस्य दिवस भुसाल सहित अन्य ४ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमध्ये एक जना बम विस्फोटमा संलग्न भएको र अन्य ४ जना भरतपुर महानगरपालिकाका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि आक्रमणमा संलग्न रहेको प्रहरीको आरोप  छ ।

नारायणगढ बजारको मुख्य बजार शहीदचोकमा भरतपुर महानगरपालिकाका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि आक्रमण र भरतपुर २ क्षेत्रपुरमा कालिका कन्सट्रक्सनमा बम बिस्फोट भएसँगै चितवनमा प्रहरीले नेकपाका कार्यकर्ता पक्राउ गर्न सुरु गरेको हो ।

मंगलबार भएका दुवै घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको हात रहेको दावी प्रहरीको छ । जिल्लामा नेपाल प्रहरी ,शशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीलाई बिशेष सक्रिय बनाएर काम गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तै चितवन जिल्लाका सबैजसो स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाई राजीनामा दिन माग गर्दै नेकपाले पत्र काटेपछि
जिल्ला प्रहरी कार्यालय चितवनले नेकपाका कार्यकर्तालाई निगरानीमा राखेको बताएको छ ।

२०७४ चैत २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड