इमान्दार संवाददाता
९२ पटक

पाँचथर ।

बिर्ता युनाइटेड झापा दोस्रो वाईवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाँचथर सदरमुकाम फिदिममा जारी प्रतियोगिताअन्तर्गत् बुधबार भएको खेलमा विजय युथ क्लब हेटौंडालाई ४–२ ले हराउँदै बिर्ता अन्तिम चारमा पुगेको हो ।

बिर्ताको जितमा ‘म्यान अफ दी म्याच’ घोषित पुष्प मादेनले ह्याट्रिक गरे । यस्तै, नवयुग श्रेष्ठले एक गोल थपे । हेटौंडाका विदेशी खेलाडी इब्राहिम र मुस्ताफाले एक-एक गोल गरे ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा बिहीबार न्यू स्टार सुनसरी र मिसन युनाइटेड ताप्लेजुङ भिड्नेछन् ।

२०७४ चैत २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड