इमान्दार संवाददाता
६६ पटक

काठमाडौं।

पछिल्ला दिन स्थीर रहेको सुनको भाउमा बुधबार वृद्धि आयो । बुधबार एकैदिन सुन मूल्य तोलामा ५०० रुपैयाँले महँगियो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० ले बढेर तोलाको ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य गत शुक्रबारदेखि तोलाको ५७ हजार ९०० रुपैयाँमा स्थीर रहेको थियो । बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय ५४ डलर हाराहारीमा कारोबार भएको थियो ।

२०७४ चैत २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड