इमान्दार संवाददाता
३७५ पटक

काठमाडौं ।

अल्जेरियामा एक सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २५० जनाको मृत्यु भएको छ । अल्जेरियाको राजधानी अल्जियर्समा रहेको बौफरिक सैन्य विमानस्थलनजिक बुधबार बिहान उक्त विमान दुर्घटना भएको हो ।

बीबीसीकाअनुसार मृतकहरुमा २६ जना पोलिसारियो फ्रन्टका सदस्यहरुसमेत रहेका छन् । बौफरिक सैन्य विमानस्थलबाट उडान भरेको केही समयमै विमान दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

मृतकको संख्या सम्बन्धमा अहिलेसम्म सरकारी औपचारिक सूचना सार्वजनिक गरिएको छैन । दुर्घटनामा घाइते भएकाहरुलाई एम्बुलेन्सबाट अस्पताल लगिएको छ ।

सैन्य प्रमुखले दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको त्यहाँको रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । चार वर्षअघि अल्जेरियामा एक विमान दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो ।

यस्तै उता रुसमा पनि बिमान दुर्घटना भएको खबर छ । प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार उनीहरुले आगोको लप्काले छोपिएको विमान मस्कोको दक्षिण पूर्वमा पर्ने एक गाउँमा खसेको देखेका थिए।

उडेको केहीबेरमा दुर्घटना भएको विवरणहरुमा जनाइएको छ। डेमडयड्भ विमानस्थलबाट उडेको दुई मिनेटमै विमानको राडार सम्पर्क टुटेको थियो।

बिमान दुर्घटनापछि आपतकालीन सेवाका उद्धारकर्ताहरु घटनास्थलमा पुगिसकेका छन्। दुर्घटनामा परेको एन्टोनोभ १४८ विमान आन्तरिक उडानका क्रममा थियो। काजकस्तानसँगको सीमा नजिकैको एक शहर जान विमानले उडान गरेको थियो।

विमानको सञ्चालक सारातोफ एयरलायन्सलाई सुरक्षासम्बन्धी प्रावधान उल्लंघन गरेको भन्दै झण्डै तीन वर्षअगाडि प्रतिबन्ध लगाइएको थियो।त्यति बेला उक्त एयरलायन्सका एक जना नजिकका नातेदारलाई विमानको ककपिटमा पाइएपछि त्यस्तो कारबाही गरिएको थियो।

पछि उक्त प्रतिबन्धविरुद्ध अपिल गर्दै उसले केही नीतिमा सुधार गरेपछि सन् २०१६ बाट अन्तर्राष्ट्रिय चार्टर उडान गर्ने अनुमति पाएको थियो। (एजेन्सी)

२०७४ चैत २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड