इमान्दार संवाददाता
१०२७ पटक

काठमाडौं ।

नेपाल प्रहरीका एआईजी जयबहादुर चन्दले फेसबुकमा स्टाटस लेख्दै केपी ओली सरकार र प्रहरी प्रमुख नियुक्तिप्रति व्यंग्य गरेका छन्।

बुधबारसाँझबाट अनिवार्य अवकाश पाउन लागेका एआईजी चन्दले २६ औं आईजीपी प्रकरणबारे नेकपा एमालेलाई घतलाग्दो व्यंग्य गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चन्दले भनेका छन्- ‘अचम्मको साँचिक्कै उदेकलाग्दो ! तिनीहरुको दोहोरो चरित्र राम्रैसँग देखियो यसपालिको नियुक्तिले ।’ ओली नेतृत्वको सरकारले दोस्रो र तेस्रो वरियतामा रहेका डीआईजीलाई आईजीपी बनाउन खोजेपछि उनले यस्तो स्टाटस लेखेका हुन् ।

आफूलाई सरकारले आईजीपी बनाउँदा तेस्रो नम्बरको विरोध गर्ने तर अहिले आएर दोस्रो, तेस्रो व्यक्तिलाई बनाउन खोज्ने प्रयास भएको प्रति उनले यस्तो लेखेका हुन् । यसमा उनले घुमाउरो पारामा राजीनामा दिएका डीआईजी रमेश खरेललाई पनि झटारो हानेको देखिन्छ ।

यसअघि खरेल एक नम्बरलाई आईजीपी बनाउनुपर्छ भन्दै पूर्वडीआईजी नवराज सिलवालको पक्षमा लागेको बताइएको थियो । यसअघि तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले जयबहादुर चन्दलाई २५ औं आईजीपी नियुक्ति गरेको थियो ।

त्यतिबेला, नियुक्ति गरेको ३ घण्टामै सर्वोच्च अदालतले चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि विवाद बढ्दै जाँदा प्रकाश अर्याल आईजीपी भएका थिए ।

यता आईजीपी नियुक्ति प्रकरणले प्रहरीभित्र महा बिबाद नै निम्त्याएको छ । सरकारले सर्वेन्द्र खनाललाइ प्रहरी प्रमुख बनाएको २४ घण्टा नपुग्दै प्रहरी नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले पदबाट राजीनामा दिएका छन् ।

महानिरीक्षक नियुक्तिमा असन्तुष्ट खरेलले ‘अपमानित’ भएर काम नगर्ने भन्दै आज प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा बुझाएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जनाएका छन् ।

सरकारले हिजो बरियतामा पहिलो नम्बरमा रहेका सर्वेन्द्र खनाललाई २६ औं महानिरीक्षकमा पदन्नोती गरेको थियो । महानिरीक्षक बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले ‘अन्याय’ गरेपछि राजीनामा दिएको खरेलले स्पष्ट पारेका छन् ।

यो पनि पढ्नुहोस् 

सर्वेन्द्र खनालको बढुवाले प्रहरीभित्र खैलाबैला, डीआईजी रमेश खरेलले दिए राजीनामा

शीर्षस्थ स्थानबाट प्रहरी हाँक्छु भन्ने सपना थियो, सरकारले सर्वेन्द्रलाई दियो, अब राजीनामा दिन्छु : रमेश खरेल

सर्वेन्द्र आइजिपी भएको २४ घण्टा नपुग्दै प्रहरीभित्र लफडा, अपमान भएको भन्दै खरेलले दिनेभए राजिनामा

मन्त्रिपरिषद् बैठक सकियो, प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त, अरु के-के भए निर्णय ?

२०७४ चैत २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड