इमान्दार संवाददाता
८५० पटक

जुम्ला, २७ चैत ।

नेपाल कम्युनिष्ट पार्टीले देशैभर समानान्तर सरकारको गठनलाई तिब्रता दिन थालेको छ । देशका विभिन्न जिल्लामा नेकपाले जनयुद्धकै स्तरमा जनसरकार गठनलाई अगाडी बढाईरहेको छ ।

तत्कालिन एकीकृत नेकपा माओवादीको मूल नेतृत्व प्रचण्ड बाबुरामले माओवादी आन्दोलनलाई विसर्जन गर्ने बाटो रोजेर संसदीय व्यवस्थामा चुर्लुम्म डुबेको भन्दै माओवादीको मुल मर्म अनुसारको पार्टी निर्माण गर्ने संकल्पसहित अलग पार्टी निर्माण गरेको नेकपाले पछिल्लोपटक देशभर आफ्नै सरकार बनाएर जनताका कामलाई ब्यबस्थित र सुदृढ गर्ने बताउदै आएको छ ।

अहिलेको राज्य ब्यबस्थाले नेपालको क्रान्तिकारी आन्दोलनको  माग अनुसारको राज्य स्थापना गर्न नसक्ने भन्दै बिगतका तिन तहकै निर्वाचन बहिष्कार तथा खारेज अभियान चलाएको नेकपाले एकीकृत जनाक्रान्तिको कार्यदिशा अगाडी सारेर जनसरकार गठनलाई तिब्रता दिन थालेको हो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी जुम्लाले मंगलबार जिल्लामा जनसरकार गठन गरेको समाचार प्राप्त भएको छ । तिर्थ वडको नेतृत्वमा ९ सदस्सीय जिल्ला जनसरकार गठन भएको छ । क्रान्तिकारी जनपरिसद जुम्लाको दोस्रो अधिबेशनले उपप्रमुखमा दलजित साहीलाई निर्वाचित गरेको छ ।

यस्तै सुरक्षा संबेदनशीलतालाइ ध्यानमा राख्दै नेकपाले अन्य सदस्यहरुको नामावली भने सार्वजनिक गरेको छैन । अधिवेशनमा नेकपाका केन्द्रीय नेता प्रमुख अथिति एटम बिसीले नव निर्वाचित कमिटीलाई बधाई दिंदै राष्ट्रिय राजनीति र पार्टीको आगामी योजनाबारे प्रशिक्षण दिएका थिए ।

यस्तै बिसीले नवनिर्वाचित कार्यसमितिलाई अबिर र टिका लगाएर आगामी कार्य सफलताको शुभकामना पनि दिएका थिए भने अथिति महानले शुभकामना मन्तब्य दिएका थिए । यस्तै मंगल सुरु भएर मंगलबार नै सकिएको अधिबेशनमा प्रभाजीतले सभापतित्व गरेको थिए ।

एमाले-माओवादी गठबन्धन नेतृत्वको सरकारले नेकपाका महासचिव लगायत नेताकार्यकर्तालाई वारेन्ट पुर्जी जारी गर्न थालेपछि यता नेकपाको जनसरकारले पनि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि वारेन्ट जारी गरेको थियो ।

संसदीय सरकारका सबै तहका जनप्रतिनिधिलाई भकाभक राजिनाम दिन पत्र काटीरहेको नेकपाले आगामी दिनमा आफ्नो जन सरकारले नै जनताका दैनिक काम काजको जिम्मा लिएर कार्य सम्पादन गर्ने बताउदै आएको छ ।

२०७४ चैत २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड