इमान्दार संवाददाता
१८९ पटक

काठमाडौँ ।

संसारमा यस्ता केही मान्छेहरु हुन्छन् जसका कारण केही व्यक्ति त के सिंगो समाज र राज्य नै निरिह बन्नुपर्ने अबस्था सिर्जना हुन सक्छ ।

कहिलेकाही यस्ता जिद्दीवाल मान्छेले दुनियाँलाइ हैरान पार्छन् ।गाउँ होस वा शहर, जिद्दीवाल मान्छेको अगाडी राज्यको पनि केही लाग्दैन। जिद्दीवाल मान्छेका कारण चीनको सांघाई शहरमा सन २००३ तिर हाइवे बनाउदा बाटोमा पर्ने घरहरु हटाउने काम शुरु भयो।

सरकारले बाटोमा पर्ने घर मालिकहरुलाई उचित मुआब्जा दिएर ति घरहरु हटाएको थियो। सरकारले घरलाई बाटोबाट अन्यत्र सार्दा प्रत्येक परिवारलाई चार फ्ल्याट र ८० लाख युआन दिएको थियो।

यसै क्रममा एउटा जिद्दीवाललाई सरकारले समेत कन्मिन्स गर्न सकेन । बाटोको बीचमा घर भएका एक मानिसले आफ्नो घर सरकारलाई दिन अस्वीकार गरे। घर मालिकको जिद्दिका कारण ससडक बिभागले घरलाई बिचमै छोडेर हाइवे बनाएको थियो।

करिब १५ बर्षपछि हालसम्म पनि यो घर हाइवेको बिचमा जस्ताको त्यस्तै रहेको छ। यसरी संसारलाई नै चकित पार्ने गरी सरकारको निर्णय अटेर गरेका चिनिया नागरिक को हुन् भन्ने बारेमा भने सूचना सार्बजनिक गरिएको छैन ।

२०७४ चैत २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड