इमान्दार संवाददाता
८३४ पटक

पोखरा ।

पोखरा लेखनाथ महानगरपालिकाको बिरौटा चोकस्थित एउटा बिजुलीको पोलमा एक्कासी आगो लागेपछि स्थानीय बासिन्दाहरुले दमकल र प्रहरीलाई खबर गरे । खबर गरेको केही समय पछि आगो निभाउन दमकल आइपुग्यो भने प्रहरी पनि घटना स्थलमा आए ।

एकातर्फ बिजुलीको पोलमा लागेको आगोले ठुलो रुप लिन थालिसकेको थियो भने अर्को तर्फ स्थानीयहरु आत्तिरहेका थिए । दमकलको प्रतिक्षामा रहेका स्थानीयले दमकल आएपछि सजिलै आगो नियन्त्रणमा लिने आशा गरिरहेका थिए ।

केहीसमय पछि पोखरा लेखनाथ महानगरपालिकाको दमकल आयो र आगो निभाउन प्रक्रिया थाल्यो । दमकलबाट पाइप निकाले र आगो निभाउने प्रयास गर्दा पो थाहा भयो दमकलमा पानी नै रहेनछ ।

यो घटनाले स्थानीय बासिन्दाहरु एकैछिन अचम्ममा परे भने रिस र हाँसोको माहौल बनेपछि के भन्ने के नभन्ने दोधारमा परे । स्थानीयवासी आक्रोसित हुँदा दमकलका कर्मचारीले झन्डै कुटाइ खाएनन्।

दमकलका कर्मचारीको लापरबाहीले केहीछिन स्थानीयवासी अक्क न मक्क परे । केही छिनको आक्रोश र हासोकाबीच दमकल पानी लिन हिड्यो, अन्ततः स्थानीय वासिन्दाले आगो आफै नियन्त्रणमा लिए । पोखरा टाइम्समा खबर छ ।

२०७४ चैत २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड