३९६ पटक

प्रताप शर्मा 

शिक्षाले नै एउटा व्यक्तिलाई समाज र राष्ट्रप्रती जिम्मेवार र जवाफदेही बनाउने गर्दछ र शिक्षाले नै एउटा व्यक्ति जिम्मेबार हुन्छ कि हुँदैन भन्ने कुराको मापन गर्दछ । एउटा गतीशिल व्यक्ति उत्पादनमा शिक्षाको ठुलो भूमिका रहन्छ ।

प्रविधिको विकाससँगै सिकाइका विधिहरुको पनि विकास हुनु जरुरी छ । हाम्रो रहन सहनमा आधुनिकीकरण हुन सक्यो तर शिक्षामा आधुनीकीकरण हुन सकेन । विस्वका धेरै देशहरुको अध्ययन गर्दा २ दशकको शिक्षाको आधुनिकीकरणले राज्य नै बद्लिएको देख्न सकिन्छ तर हामी शिक्षालाई बिकासको पूर्वधार हो भन्न पनि सकीरहेका छैनौ ।

हामी केवल सर्टीफिकेटका लागि अध्ययन गर्दैछौ त्यो पनि दलालहरुलाई शिक्षाका पहरेदार मानेर, यदी देश बिकास नै गर्ने हो भने शिक्षा राज्यको अधिनमा हुनुपर्दछ । सरकारी बिद्यालयको गुणस्तर बृदिका लागि दक्ष शिक्षक, सन्तुलित कक्षा कोठा र अध्ययनका पूर्वधारको ब्यापक बिकास हुन जरुरी छ ।

हामी अभिभाबकको मगजमा सरकारी बिद्यालय प्रती एउटा गलत मनस्थितीको बिकास गराइदिएर निजी बिद्यालयलाई शिक्षा प्रणाली नै सुम्पिने सरकारी चालले विकासलाई रोक्ने छ । शिक्षामा परिवर्तन सम्भब छ, यदी राज्यले दृढ इच्छाशक्ति देखायो भने असम्भब केही छैन ।

अहिले भएका सरकारी बिद्यालयलाई ब्यबस्थित गर्दै अझै नयाँ जनसहभागीता सहितका बिद्यालय खोल्दै जाने र शिक्षाको बजेट वृद्धि गर्दै जाने हो भने शिक्षाले आमुल परिवर्तन सहित देशको नै मुहार फेर्ने छ ।

लेखक-प्रताप शर्मा

अहिले हाम्रो नेपालमा सबैको रोजाइको सुरक्षित लगानीको पेसा निजी बिद्यालय बन्यो । ब्यापारिक मानसिकता भएका व्यक्तिहरुबाट नाफा र घाटा भन्दा आर्को कुनै उत्पादक श्रोत अपेक्षा राख्नु आँफैमा भ्रम हो । लाखौं खर्च गरेको एउटा विद्यार्थीले आफ्नो खर्च उठाउन त्यस्तै दलाल बन्नु पर्ने बाध्यताको निराकरण जरुरी छ ।

यो वा त्यो बहानामा लुट्न मिले जती र लुट्न सके जती लुट्दा पनि किन सरकार मौन छ ? सैक्षिक दलालका हातमा गुणस्तरीय शिक्षाको पारीकल्पना गर्दै बच्चा सुम्पिदा के हामी हाम्रा सन्ततीलाई पनि माहा दलाल बनाउदै त छैनौ भनेर सोच्न जरुरी छ । एउटा व्यक्ति भ्रस्ट हुनुमा समाजिक कारणहरु हुन्छन् ।

भोलीको हाम्रो सचेत जनतालाई हामीले कस्तो स्कूलिङबाट हुर्काउदैछौ ? सानो बच्चाको मस्तिस्कमा ब्यापारिक पर्यावरणमा हुर्काउदा भोली उसले राज्यप्रती जिम्मेवार बन्नुपर्छ भन्ने हाम्रो नैतीक आधार के छ ? यदी साच्चै बिकास नै गर्ने हो र राष्ट्रलाई समृद्ध बनाउने हो भने नेताले निसुल्क शिक्षाको संकल्प गर्नै पर्दछ । अहिले चैत्र महिना बजारमा हेर्नुभयो भने निजी बिद्यालयको भर्नाको बिज्ञापन देख्न पाईन्छ ।

बिद्यालयहरुबिच कडा प्रतिस्पर्धा भइरहेको छ, त्यो प्रतिस्पर्धा गुणस्तरको होइन, ब्यापार को हो । जती महँगो त्यती गुणस्तर भन्दै अभिभाबकले भएको घर गोठ बेच्दै लगानी गरेका छन, जसको उत्पादन दीर्घकालिन हिसाबले राष्ट्रको लागि प्रतीउत्पादक हुनेछ । यो निजी बिद्यालयको लुट धन्दा रोकौ ।

तपाईं सोच्नुहोस् न “शिक्षाको व्यापारले कती अनुसन्धानात्मक मस्तिस्कलाई प्रस्फुटन हुनै नदिएर सुन्यता सहितको कोमामा पुराएको छ ।” हाम्रो सैक्षिक व्यापारले कती क्षमतासहित जन्मिएका नानी बाबुको भबिस्यमाथि तुसरापात गरेको छ । के हामीलाई हेक्का छ ? हजारौं सबल मस्तिस्कले शिक्षाको ज्योती प्राप्त गरेमा प्रबिधी, बिकास र गतिशिलताले नै परिवर्तनको बाटो समात्ने छ ।

यदी हामी बिकास कै पक्षपाती हो भने शिक्षालाई माफिया र दलालको ब्यापार हुन दिनुहुँदैन । राज्यको लगानीमा हुर्कने ति विद्यार्थीलाई मात्र देशको माया र देश बिकासको सपना हुने गर्दछ । तपाईं निजी विद्यालयमा पढेको आफ्नो बच्चालाई सोध्नुस, कलेज अध्ययन गरीरहेको छोरा छोरीलाई सोध्नुस् “बाबु नानी, तिमीलाई यो राज्यले के दियो ?” जवाफ पाउनु हुन्छ : नैरास्यता, बेरोजगारी, चाकडी,चाप्लुसी र राजनैतीक भजनबाद “।

जुन देशमा राज्यले नागरिकमाथि लगानी गर्छ त्यो देशले मात्र जनताबाट कर उठाउन पाइन्छ । जनताले आफुले तिरेको आय करबाट आफ्ना छोरा छोरीलाई निशुल्क अध्यापन गराउन सक्दैनन भने किन कर तिर्ने ? राज्य निती र नियममा निर्मम हुन जरुरी छ । निजी बिद्यालयका नाममा राजस्व छली हुँदा किन कारबाही गर्न सक्दैन । अबिलम्ब त्यस्तालाई कारबाही गरियोस ।

हामी राज्यका निम्ती सचेत र जिम्मेबार नागरिक तयार गर्दैछौ त्यसैले निजी बिद्यालय खारेज गर्नुपर्दछ । निजी बिद्यालयका हजार बिकल्प छन । निजी बिद्यालय बाध्यताको रोजाइ मात्र हो ।

आउनुहोस् सचेत समाजको लागि निसुल्क शिक्षाको बहस गरौ । शिक्षामा हुर्किएका माफिया र दलाललाई बिदा गरौ, सम्बृद्ध नेपाल निर्माण गरौ ।

२०७४ चैत २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड