इमान्दार संवाददाता
११२७ पटक

जाजरकोट।

जाजरकोटमा सोमवार वाइसिएल जिल्ला सचिव सहित ७ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरुले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै आफुहरु सातै जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

बाम गठबन्धनका नाममा संगठित राजनैतिक गिरोहले समाजवादको झुठो सपना देखाइ यूवाहरुको जिवन बर्वाद गरीरहेका बताउदै नेकपा माओवादी केन्द्र निकट वाइसिएल जाजरकोटका सचिव नरेश कुमार शाही, नेकपा एमाले वडा कमिटी उपाध्यक्ष खड्कबहादुर सिंह, नेपाली कांग्रेस निकट तरुणदलका वडा सचिव विनायक विक्रम शाहीले आफु आबद्ध पार्टी परित्याग गरी नेकपा प्रवेश गरेको घोषणा गरेका हुन् ।

यस्तै नेकपा माओवादी केन्द्रका भेरी नगर सदस्य धन बहादुर चन्द, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का जिल्ला सदस्य विराजन शाही, नेकपा एमाले पार्टी सदस्य तुलाराम शाही र नेकपा माओवादी केन्द्र निकट वाइसिएल सदस्य झलक सिंहले पनि आफु रहेको पार्टी परित्याग गर्दै नेकपा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका भेरी ब्युरो सदस्य तथा उर्जा विभागका सदस्य बीरबहादुर खड्का (क्षितिज) र अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य प्रेमबहादुर शाहीले फुलमाला र अविर लगाएर स्वागत गरेका छन् ।

यस्तो छ नव प्रवेशीहरुले जारी गरेको प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती

कथित ३ तहको निर्वाचन सम्पन्न भैसकेपछि कथित बाम गठबन्धनका नाममा संगठित राजनैतिक गिरोहले झन समाजवादको झुठो सपना देखाइ यूवाहरुको जिवन बर्वाद गरीरहेका छन ।

यहि परिवेशमा विगतमा हामी नेपाली काग्रेश, कथित बाम गठबन्धनमा समाहित नेकपा एमाले र माओवादी केन्द्रका तपसिल जिम्मेवारीमा रहि उक्त पार्टीमा कार्यरत रहेका थियौं ।

अव आम यूवाहरुको मुक्ती र समाजवादको सपना नवसंशोधनवादी तथा सामाजिक दलालबाट नहुने भएकाले आजैका मितिदेखि हामी ति पार्टीका सबै जिम्मेवारीबाट अलग भई एकिकृत जनक्रान्तिको वैज्ञानिक समाजवादको यात्रामा संघर्षरत पार्टी नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छौं ।

प्रवेश गर्नेको नाम, राजनीतिक दल र पद

१. खड्क बहादुर सिंह एमाले (२०५९ देखि) वडा कमिटी उपाध्यक्ष
२. नरेश कुमार शाही नेकपा माओवादी केन्द्र वाइसिएल जिल्ला सचिव
३. विनायक विक्रम शाही नेपाली काग्रेश तरुणदल वडा सचिव
४. धन बहादुर चन्द नेकपा माओवादी केन्द्र नगर सदस्य
५. विराजन शाही नेकपा माओवादी केन्द्र अखिल(क्रा.) जि.स.
६. तुलाराम शाही नेकपा एमाले सदस्य
७. झलक सिंह नेकपा माओवादी केन्द्र वाइसिएल सदस्य

२०७४ चैत २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड