इमान्दार संवाददाता
४०४ पटक

टमाटर अर्थात् गोलभेंडाले भान्सामा बहुउपयोगी तरकारीका रूपमा प्रवेश पाएको छ । प्रायः जसो मान्छेहरूले हरेक पटकको खानामा कुनै न कुनै प्रकारले यसलाई समाविष्ट गरेकै हुन्छन् ।

तरकारीलाई स्वादिलो बनाउन होस् या अचार बनाउन वा सलादको रुपमा नै, खानामा टमाटर मन नपराउने मानिस कमै होलान् ।

बेलाबेला आकासिइरहने टमाटरको मूल्यले कैयौं पल्ट भान्साको बजेट नै खल्बल्याइ दिन्छ । र, त्यस्तो बेला आम मानिसको बहसको केन्द्रविन्दु समेत बन्न पुग्छ टमाटर । त्यस्तो बेला आम मान्छेका बहसहरूमा यसलाई सरकारको कार्यशैली, अर्थतन्त्र र वितरण प्रणालीसँग जोड्नु सामान्य नै मानिन्छ ।

हामीले भान्छामा टमाटर नभई नहुने ठाने पनि यसको प्रयोग यसका फाइदा बेफाइदा केलाएर गर्दा पनि हुन्छ । सबै जसो कुरा झैं टमाटरका पनि फाइदा बेफाइदा दुवै छन् । हेरौं यसका केही फाइदा र बेफाइदाहरू:

टमाटर खानुका फाइदाहरू:

टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।

मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जाँदैन ।

बिहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ ।यसले विभिन्न रोगबाट छुट्कारा दिन्छ ।
यदि बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जुस पिलाउँदा सुधार हुन सक्छ ।त्यस्तै बच्चाको मानसिक तथा शारीरिक विकासका लागि टमाटर अत्यन्तै फाइदाजनक हुन्छ ।

मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जुस पिउनाले वजन घट्छ ।
गर्भावस्थामा टमाटरको सेवन गर्नु बहुत फइदा हुन्छ ।

यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खाँदा फाइदा हुन्छ ।
काँचो टमाटरमा कालो नुन मिलाएर खानाले अनुहारमा चमक आउँछ। र, टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।

यस्ता छन् टमाटरका बेफाइदाहरू:

टमाटरको सेवनले तपाईंलाई एसिडिटी हुन्छ । वास्तवमा यसमा अधिक मात्रामा अम्ल हुन्छ जसकारण यसको सेवनले तपाईको पेटमा अम्लियता बढ्छ र यो एसिडिटीको कारण बन्छ ।

टमाटरको साथसाथ तपाईं यसको बिउलाई शरिरमा जानबाट रोक्न सक्नुहुन्न । यी बिजले तपाईको शरिरमा गएपछि तपाई पत्थरीको रोगी हुन सक्नुहन्छ किनभने यो सजिलैसँग किड्नीमा गएर त्यहाँ स्टोन निमार्ण गर्छ ।

टमाटरमा पाइने टरपिन्स नामक तत्व तपाईको शारीरिक दुर्गन्धको कारण बन्छ । पाचनको समयमा यसको विघटनले दुर्गन्ध पैदा गर्छ ।
यदि तपाईलाई अक्सर पेटमा ग्याँसको समस्या छ भने टमाटरको सेवन कम गर्नु नै श्रेयस्कर हुन्छ । किनभने यसले पेटमा ग्याँस पैदा गर्छ ।

आजकाल अर्गानिक टमाटरको सट्टा इन्जेक्सन वा केमिकलको प्रयोग गरेर उत्पादन गरिएका टमाटर बजारमा उपलब्ध हुन्छ जसको सेवनले तपाईमा बेचैनी, ब्लडप्रेसर लगाएतका अन्य कैयौं स्वास्थ समस्या निम्त्याउन सक्छ ।

२०७४ चैत २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड