इमान्दार संवाददाता
३०९ पटक

काठमाडौँ।

धनुषाका उमेश यादवलाई साउदी सरकारले मृत्यूदण्ड दिने दिन नजिकै आइरहेको छ । उनलाई साउदी अरेबीयामा घाँटी काटेर २४ घण्टा झुण्डाउने सजाय सुनाइएको छ । उक्त फैसलाको २४ घण्टा मात्र बाँकी छ ।

विगत १२ बर्षदेखि सउदीको जेलमा कैदी जीवन बिताईरहेका धनुषा कमला नगरपालिका वडा नं. ३ का ३७ बर्षिय उमेशको मृत्यूदण्ड सजाय कार्यन्वयन हुने नहुने फैसला सोमबार हुने बताइएको छ ।

सन् २००६ सालमा एक पाकिस्तानी नागरिकको हत्या गरेको आरोपमा दोषी करार दिँदै उनको घाँटी काटेर २४ घण्टा चौराहामा झुण्डयाउने फैसला साउदी अदालतले गरेको थियो ।

उनिसंग सामान्य भनाभनपछि ज्यान गुमाएका पाकिस्तानी नागरिक मो. लतिपको परिवारले उमेशलाई आममाफी दिन राजी भएको भन्दै साउदी सरकारले मृत्यूदण्डको सजाय तत्कालाई स्थगित गरेको थियो ।

मृतक मो. लतिपको श्रीमतिले सुरुमा उमेशसँग ७० लाख रुपैयाँ ब्लडमनी माग गरेको भएपनि केही समयपछि उनले अर्को विवाह गरेपछि मृतक लतिपको आमाबुवाले उमेशलाई आममाफी दिनको लागि राजी भएको बताइएको थियो ।

मृतक लतिपको परिवारलाई ब्लडमनी नै चाहियो भने नेपाल र विदेशमा रहेका नेपालीहरुले जतिसुकै बेला पनि ब्लड मनी जुटाउन सकिने आश्वासन दिएका छन् । तर, ब्लड मनि आवश्कता प्रष्ट भईनसकेको कारण उमेशको मुद्दा विगत १२ वर्षदेखि जस्ताको त्यस्तै छ ।

उमेशको मुद्दाप्रति चासो राख्ने विभिन्न संघसस्थाहरुले उक्त सजाय कार्यन्वयन हुनबाट रोक्न विभिन्न प्रयास थालिरहेका छन् भने पाकिस्तानी दुतावासले समेत सकारात्मक चासो देखाएकोले उमेशको सजाय आम माफीमा परिणत हुन पनि सक्ने बताइएको छ । तर सोमबारको फैसलापछि मात्र उक्त कुराको टुंगो लाग्ने छ ।

२०७४ चैत २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड