इमान्दार संवाददाता
५८५ पटक

रमेश कुमार बोगटी, कालीकोट ।

शुक्रबार साझ परेको असिना पानीले कालिकोटका किसानले लगाएको गहुँ बाँली नष्ट गरेको छ । पानीसँगै परेको असिनाले पाक्नै लागेको गहुँ, फलफूल, तरकारी, कोसेबालीमा समेत ठूलो क्षति पुगेको छ ।

यो वर्ष समयमै पानी नपरेकोले खेती राम्रो पनि नभएको र त्यसमा पनि असिनाले गर्दा भएको बालीमा क्षति पुग्दा किसान चिन्तित बनेका छन् । कालिकोटका सबै स्थानीय तहमा क्षती पुगेको छ ।

असिना परेपछि सदरमुकामसहित सबै स्थानीय तह हिउँ परे जस्तै सेताम्य देखिएको छ । पाक्नै लागेको बालीनाली असिनाले लिएपछि यो पटक जिल्लाभर भोक मरी लाग्न सक्ने अनुमान गर्न थालिएको छ ।

यस्तै शुक्रबार परेको असिना पानीले छिमेकी ७ नम्बर प्रदेशका बैतडी, डोटी अछाम, बाजुरालगायत सुदूरपश्चिमका केही जिल्लामा लगाएको हिउँदे बाली नष्ट भएको बताइएको छ ।

असिना पानीले अछामका १० वटै स्थानीय तहमा क्षेती पुगेको छ । मंगलसेनको वार्ड न. १ मा लाखौंको नोक्सानी भएको कमलबजार नगरपालिका हेमन्त खतिवडाले जानकारी दिएका छन् ।

यस्तै ढाकारी गाउपालिका हिच्मामा पनि किसानले लगाएको अन्नबालीमा नोक्सानी पु¥याएको र किसानले काटेर राखेको गहुँ पनि हावहुरीले उडाएको छ ।

असिनाले सुदूरपश्चिमका अधिकांस जिल्लाका हिउँदे बालीमा ठूलो क्षति पुर्‍याएको किसानले बताएका छन् । पाक्न लागेको हिउँदे बाली गहु, जौ, तरकारी खेती र फलफूलमा क्षेती पुगेको कृषि प्राधिधिकहरुले बताएका छन् ।

२०७४ चैत २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड