प्रकाश अधिकारी
५५७ पटक

विश्वमा परिवर्तनको बाहकको रुपमा चिनिने विद्यार्थी आन्दोलनको आफ्नै गौरवपूर्ण इतिहास रहेको छ । चीनियाँ परिवर्तनमा विद्यार्थीको भूमिकालाई सुनौलो इतिहासको रुपमा संसारभर चित्रीत छ । विश्वमा भएका परिवर्तनदेखि नेपालको परिवर्तनसम्म विद्यार्थीले खेलेको भूमिकाले ठूलो योगदान पुगेको छ ।

सहिदको नाममा विद्यार्थीहरु नै अगाडि देखिनुले यसलाई पुष्टी गर्दै अबको विद्यार्थी आन्दोलनले पनि नेपाली परिवर्तनमा अतुलनिय भूमिका आवश्यक भएको छ । आवश्यकता वर्तमान परिस्थितको उपजमा देखिदै आएको छ । समस्याको थुप्रोमा नै विद्यार्थीले आफ्नो भूमिका खेल्नुपर्ने भएको छ ।

आज नेपाली विद्यार्थी आन्दोलन विघटनको संघारमा पुगेको छ । नयाँ विषयलाई छिटोभन्दा छिटो बुझेर त्यसलाई सहि भए ग्रहण गर्ने क्षमता राख्ने विद्यार्थीको विशेषता हो । विस्तारै विद्यार्थीमा आएका विविध समस्यालाई हेर्दा आज विद्यार्थीले आफ्नो विद्यार्थीय चरित्रलाई सिध्याउँदै गएको देखिन्छ । मुलतःविद्यार्थी भनेको नयाँ कुरालाई सहज ग्रहण गर्नु हो । ग्रहण गरिने विषयको सहि सत्यलाई अध्ययन गर्न सक्ने क्षमता राख्दछ । त्यस्तै विद्यालय र विश्वविद्यालयमा नियमित अध्ययन अनुसन्धानमा आफूलाई अभ्यस्त बनाउछन ।

एउटा निश्चित सेलेबसमा रहेर निश्चित नियम र परिधिमा रहेर आफूलाई समय समयमा परिक्षामा सामेल गराउँदै आफ्नो स्तारौन्नतीमा सहभागी हुनु पनि विद्यार्थीको चरित्र हो । यस्तै समाजको युवाशक्ति भएकाले समाज र राज्यमाआएको परिवर्तनमा आफूलाई समाहित गराउनु अर्को मूलभूत विशेषता हो । राजनीतिक सचेतनाले लेस रहने विद्यार्थीको अर्को विशेषताहो । समाजमा भएका विविध समस्याहरु महिला हिसां, भ्रष्टचार, मानव बेचबिखन, मूल्य वृद्धि, हत्या, हिंसा, समाजिक सांस्कृतिक सदभाव कायम राख्नेजस्ता काममा विद्यार्थीको सचेत पहलु हुनु नै विद्यार्थी हुनु हो । विद्यार्थीले अध्ययनमा विशेष जोड दिदै समाजलाई बुझ्ने र समाजलाई बदल्ने पहलकर्ताको रुपमा आफूले आफूलाई चिनाउने गर्दछन् ।

भोलिको देश निमार्णकर्ताका रुपमा रहने विद्यार्थीसँग आफ्नै छुट्टै पहलकदमी नरहने हो भने भोलि राष्ट्रमा ठूलो खडेरि आउँने छ । तसर्थ विद्यार्थीले सधै जीउदो र जाग्दो भएर हर ठाउँमा आफूलाई बलशाली र वेगशाली कित्तामाउ भ्याउन सक्नु पर्छ । आजको विद्यार्थीको मूल कार्यभार के हो ? भन्ने प्रश्न उठ्न सक्छ । आज नेपाली विद्यार्थीको मूल कार्यभार भनेको शैक्षिक गुणस्तरलाई जीवनउपयोगी बनाउनु हो ।

कुनै समय गुरुकुलको आदर्श शिक्षा थियो, जसले चरित्रवान शिक्षालाई जोड दिने गर्दथ्यो । जसलाई चरित्र निमार्णको शिक्षा भन्न सकिन्छ । विस्तारै शिक्षामा नयाँ मोड आयो, किताबि शिक्षाको सुरुवात भयो । किताबि शिक्षाले चरित्रीक शिक्षाको आदर्शलाई सिध्यायो भने आफ्नो मौलिकताको विकासका नाममा बौद्धिक अराजकता निम्त्यो । किताबी ज्ञान हुनु भनेको सबैभन्दा गुणस्तर हुनु हो भन्ने ठाउँमा प¥यायो ।

विस्तारै भाषालाई गुणस्तर मापनको मेरुदण्ड बनाइयो । आज अंग्रेजी बोल्ने १० वर्षको अमेरिकन बालक नेपाली भाषामा पीएचडि गरेको विद्यार्थी भन्दा जान्ने स्थीतिको विकास भएको छ । आजको शिक्षाले एकातिर बौद्धिक र शैक्षिक अराजकता निम्त्याएको देखिन्छ।  भने अर्कोतिर आफ्नो जीवन चलाउनलाई मुस्कील पर्दै जादा समाजमा विविधखालका समस्याहरु चोरी, डकैति, हत्या, हिंसा, लुटपाटजस्ता समस्याको मूल कारणको रुपमा आजको शिक्षालाई लिनु पर्छ । शिक्षा बौद्धिकता सहितको जीवनउपयोगीन हुनु नै आजको शिक्षाको ठूलो समस्या हो ।

अब शिक्षा कस्तो हुनु पर्छ ? भन्ने बारेमा सोच्ने बेला आएको छ । जुन ठाउँमा हिरा खानी नै छैन त्यहाँ हिराको शिक्षा के अर्थ रहन्छ र ? तपाईलाई म उपहारको रुपमा संसारको ठूलो सून्य (०) दिन्छु भने जस्तै त भयो नी । हो संसारको ठूलो तर सून्य जतिनै ठूलो भएपनि के अर्थ त ? हो आज त्यस्तै भएको छ नेपालमा शिक्षा । हिराको शिक्षा नेपालीको मानसिकता खलबलाउने शिक्षा हो ।  कहिल्यै आफ्नो जीवनमा नपाउने त्यस्तो तर हिरा शिक्षा अब नेपालमा काम छैन् ।

नेपालको आफ्नो मौलिक शिक्षा के हो ? त्यसलाई नै नेपालमा शिक्षाको रुपमा विकास गराउँनु पर्छ । हिमालमा जाउँ यार्सागुम्बा र जटामसिको शिक्षा नै त्यहाँको हिरायूक्त शिक्षा हो । पहाडमा जडीबुटी, खेतिपाति, हाइड्रेपावर, पर्यटक लगाएतका विषय नै त्यहाको शिक्षा हुनु प¥यो । तराईमा जादा खेतिपाति, विविध उद्योगजस्ता विषयलाई शिक्षाको रुपमा विकास गर्नु पर्ने हो । यस्ता विषयले मात्र नेपालको वास्तविक शैक्षिक मुद्दालाई समेट्छ ।

तर यहाँ नेपाली साँचोमा अमेरिकन विद्यार्थी उत्पादनको जुन लर्को चलेको छ यो नेपाली शिक्षा हुनै सक्दैन । यो त विस्तरै नेपाललाई स्वतहःविदेशिकरण गराउने शिक्षा हो । अझ गम्भिर भएर सोच्ने हो भने विना युद्ध विदेशी नागरिक आफ्नो देशमा उत्पादन गराएर स्वतहः नेपालको अस्थित्व समाप्त गर्ने नयाँ विस्तरवादी निति हो । हेर्नुस त देश भनेको भू–भाग मात्र कहाँ हो र ? त्यस देशको नागरिक र नागरिकको नगर प्रतिको प्रेम अनि आफ्नो नगरप्रतिको काम, कर्तव्य र अधिकारको समायोजनले मात्र देश बन्ने र देश रहने गर्दछ ।

आज शिक्षामार्फत मानसिक रुपमै विदेशीको भक्तिगान गाउँने स्थिति बनेको छ, यो समस्याको समाधन खोज्नुपर्ने अर्को ठूलो नेपाली शिक्षाको चुनौति हो । नेपालमा विद्यार्थी उमेर समूहमा ठुलो समस्या देखिएको छ । त्यो भनेको शिक्षाप्रतिको लगाव, शिक्षाप्राप्तीप्रतिको प्रेम विस्तारै कम्जोर देखिदै गएको छ। युवा विद्यार्थीमा युग सापेक्षित परिवर्तन हुनु स्वभाविक मान्न सकिएला तर अनिवार्य सारभूत कुरा नै भूलेको जस्तो देखिन्छ । आफ्ना आधारभूत मूल्यमान्यता, सामाजिक सास्कृतिक पक्षलाई विर्सने परिपाटीको विकास भएको छ ।

आफ्ना सिमित सामाजिक चेतनालाई बिर्सनु नयाँ हुनु होइन । नयाँहुनु भनेको आफूसँग भएको भन्दा उत्कृष्ट हुनु हो तर आज नयाँको नाममा भएको भन्दा तलतिर खस्कने कार्य भएको छ त्यसलाई नयाँ भएको भन्दा पनि विग्रिएको मान्न सकिएला । तसर्थ आज विद्यार्थीको जीवनमा नयाँ आवश्यकता चाहिएको छ तर त्यो नयाँ खोजमुलक, नयाँ आवीस्कारक, नयाँ सभ्यतायुक्त र आधुनिकीकरण आवश्यक भएको छ । उच्च सभ्यताको आधुनिकीकरणलाई आत्मसाथ गर्ने परिपटिको विकास गर्नु आजको आवश्यकता भएको छ ।

विद्यार्थी सिर्जनाको उपज हुन । उनीहरुले नयाँनयाँ आविष्कारलाई सम्भव तुल्याउने र राष्ट्रसेवकको रुपमा राष्ट्रलाई सेवा गर्न सक्छन । राज्यको मेरुदण्ड भनेको नै यूवा विद्यार्थी हुन । हाम्रो जस्तो सानो देशलाई आजको विद्यार्थीले सचेत रुपमा नयाँ पहलकदमी लिने हो भने आफ्नो जीवनकालमै संसारको सुन्दर र समृृद्ध देशको नागरिक बन्ने छन ।

सानो हुनु भनेको छिटो हुनु पनि त हो । छोटो समयमा नै नेपालको सम्पूर्ण स्रोत साधनलाई उपयोग गर्न सक्ने हो भने नेपाललाई विकास गर्न कुनै युग कुर्नु पर्दैन । हामी आफ्नो जीवनकालमै आफ्नो सुन्दर सपनालाई पुरा गर्न सक्छौँ । नेपालको विकास कसरी सम्भव होला ? यसमा सबै विद्यार्थीको ध्यान जानुपर्ने बेला आएको छ । विज्ञान र प्रविधिलाई आत्मसाथ गर्ने हो भने अब विकास कुनै नौलो विषय रहेन ।

अध्ययनमा व्यपकता, अनुसन्धानमा ढृढता, कार्यसम्पादनमा कुशलता देखाउनु विद्यार्थीको आफ्नो परिचय हो । पुरानो भद्दा शैलिको अन्त्य गर्दै विद्यार्थीले युगिन अभिभारालाई बोध गर्ने सुनौलो मौका आएको छ । यो इतिहास निर्माणको समय हो । कोहि कसैले यो अविभार पुरा गर्नु नै पर्छ । सबैले ‘चे’ बन्ने आट गर्ने हो । सबैले भगत सिंह बन्ने र आफ्नो इतिहास लेख्ने समय हो ।

२०७४ चित १९ मा प्रकाशित ।

२०७४ चैत १९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड