इमान्दार संवाददाता
२९७ पटक

इलाम।

मेची राजमार्गअन्तर्गत माईखोला–इलाम सडकखण्ड मर्मतको काम रक एङ्करिङ प्रविधिबाट भइरहेको छ । बर्षामा हिलो र हिउँदमा धुलोका कारण आवत–जावत गर्ने सवारी र यात्रुलाई समस्या भएपछि रक एङ्करिङ प्रविधिबाट सडक मर्मत गर्न थालिएको हो ।

यसअघि यो प्रविधिबाट सिन्धुपाल्चोक र मुग्लिन–नारायणघाट सडक खण्डमा प्रयोग गरिँदै आएको डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुबकुमार झाले जानकारी दिए ।

सडक निर्माण गर्न ५ करोड ४७ लाखमा ठेक्का लगाइएको छ । आर्थिक वर्ष २०७२/७३ बाट सुरु गरिएको सडक मर्मतको काम अहिलेसम्म ५० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

माइखोलाबाट करीब एक किलोमिटरसम्मको सडक बर्षेनी भासिने, पहिरो जाने भएकाले यात्रु तथा सवारी चालकलाई समस्या हुने गरेको छ ।

२०७४ चैत १७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड