इमान्दार संवाददाता
६९ पटक

काठमाडौं।

प्रायः अंग्रेजी नयाँ बर्षमा मात्र रौनक देखिने पर्यटकीय नगरी पोखरामा नेपाली नयाँबर्षमा पनि उल्लासमय हुने भएको छ । आई ब्लुज म्यानेजमेन्टले नयाँ वर्ष २०७५ को अवसरमा पोखरामा आकर्षक अफरसहितको ‘पोखरा फुड कार्निभल’ को आयोजना गर्ने भएको छ ।

चैत ३० गते नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा कार्निभलको आयोजना गर्न लागिएको हो । आई ब्लुज म्यानेजमेन्टका प्रवन्ध निर्देशक कुशल थापाले दुई हजार पाँच सय जना पाहुनाहरुको उपस्थिति गराउने गरी तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

सुन्दर नगरी पोखरामा सबैलाई भेला पारेर मनोरन्जन दिलाउने उद्देश्यले विभिन्न फुडस्टलका खानाका परिकार, ड्रिक, पार्टी र डिजे म्युजिकसहितको प्रस्तुति कार्निभलमा समावेश गरिएको उनको भनाई छ । उनका अनुसार कार्निभलमा विभिन्न आकर्षक अफर समेत ल्याइएको छ ।

जसमा उत्कृष्ट पोशाक लगाएर सहभागि हुने ४ जना मध्येबाट एक–एक जनालाई सिंगापुर, थाइल्याण्ड, दुबई, इन्डोनेसिया (बाली) घुम्नको लागि पठाइने अफर ल्याइएको छ । यस्तै कार्यक्रममा उत्कृष्ट दाह्रीमा सहभागि हुनेलाई वेष्ट वियर्ड घोषणा गरी आइफोन एट प्लस उपहार प्रदान गरिने छ ।

यस्तै वेष्ट हेयर स्टाइलिस ५ जनालाई मिडटाउन ग्यालेरिया स्थित हङकङ यूनिक सलुनमा एक पटकको सेवा निशुल्क उपलब्ध गराइने अर्का आयोजक धीरज थापाले जानकारी दिए ।

यस्तै उत्कृष्ट ड्रेस लगाउने महिलामध्येबाट १० जनालाई मिडटाउन स्थित क्लाउड नाइनमा दश हजार बराबरको सपिङ भौचर उपलब्ध गराइने छ । कार्निभलमा डिजे कलाकार साकार, रुपेश, प्रज्वल, विकास, जीवन, र लेडी डिजे नेप्जले सांगीतिक माहोललाई तताउँने छन् ।

दुई चरणमा सम्पन्न हुने कार्यक्रम अन्तर्गत पहिलो चरणमा चैत ३० गते दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्मको एक हजार रुपैयाँमा प्रवेश पासको व्यवस्था गरिएको छ । यस्तै दोस्रो चरणको साँझ ५ बजे देखि संचालन हुने कार्यक्रमका लागि दुई हजार रुपैयाँ टिकटमा वेलकम ड्रिङ्स र प्रवेश पासको व्यवस्था गरिएको छ ।

यस्तै पोखराबाहिरका पाहुनालाई १२ हजार रुपैयाँ टिकटमा दुई जनाका लागि एकतर्फी यातायात सुविधा, वेलकम ड्रिङ्स, प्रवेश पास, उच्च स्तरीय होटलमा एसी सुविधा सहितको कोठामा बस्नका लागि प्रबन्ध गरिएको आयोजकले जनाएको छ । जसमा फेवातालमा निशुल्क बोटिङ समेत समावेश गरिएको छ ।

कार्यक्रममा संस्कृति झल्काउने पोशाक, इच्छाअनुसारको फेस माक्स मेकिङ, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित ड्रेस कोड लगायत आफूलाई सहज लाग्ने जुनसुकै पोशाकमा उपस्थित हुन पाइने अर्की आयोजक सजना गोदारले जानकारी दिइन् । यसैबीच कार्यक्रमबाट संकलित प्रतिफलको १५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्र केन्द्रलाई दिइने बताइएको छ ।

२०७४ चैत १७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड