इमान्दार संवाददाता
५७६१ पटक

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा केन्द्रीय जनादलतले वारेन्ट जारी गरेको छ । ओली विरुद्ध जनअदालतमा मुद्धा परेको भन्दै वारेन्ट जारी गरिएको हो । प्रधानमन्त्री अाेलीका विरुद्ध जारी गरिएकाे वारेन्ट पत्र अाजै प्रधानमन्त्रीकाे भक्तपुरस्थित निजी निवास र सुकेधारा स्थित पार्टी कार्यालयमा टाँसिएकाे छ ।

एमाले-माओवादी गठबन्धन सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई वारेन्ट जारी गर्ने धरपकड गर्ने र झुट्टा मुद्दा लगाएर हिरासतमा राख्ने गर्न थालेपछि जन अदालतले पनि संसदीय सत्ताका प्रधानमन्त्री ओलीका नाममा वारेन्ट जारी गरेको हो ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेकपाले सञ्चालन गरेको जन अदालतले उनि विरुद्ध वारेन्ट जारी गर्दै वारेन्टको सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुन भनेकाे छ ।

वारेन्ट पत्रमा भनिएको छ- ‘ मोहनप्रसाद ओलीको छोरा झापा स्थायी ठेगाना भई हाल भक्तपुर जिल्ला, सुर्यविनायक नगरपालिका वडा नं. २ वाल्कोट बस्ने तपाई खड्ग प्रसाद ओलीका विरुद्धमा केन्द्रीय जनअदालत, रोल्पामा निम्न उल्लेखित मुद्दाहरु परेको हुँदा सो सम्बन्धममा आवश्यक अनुसन्धान भइरहेको र तपाईसमेतलाई बुझ्नु पर्ने भएकोले यो सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ ।’

यस्तै जनअदालतले तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार कारबाही हुने समेत बताएको छ । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित जनअदालतले केन्द्रीय जनआदलतका प्रमुख प्रकाशको नामबाट वारेन्ट जारी गरेको छ ।

यस्ता छन् प्रधानमन्त्री ओलीका विरुद्धमा लगाइएका मुद्धा

१. २०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वयमंसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेकपाका नेताहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ एवं पदम राई र पार्टी सम्बद्ध थुप्रै युवाहरुलाई विराटनगरमा गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएको ।

२. २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरणराईलगायत थुप्रै नेताहरुलाई बिनाकारण गिरफ्तार गरी धनकुटामा थुनामा राखेको ।

हेर्नुहोस् पत्र

 

२०७४ चैत १३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...