इमान्दार संवाददाता
२१३५ पटक

पाठेघरको मुखको क्यान्सरबारे थाहापाउनु अगाडी क्यान्सर के हो भनेर बुझ्नु आवश्यक छ । क्यान्सर वा अर्बुद्ध रोग शरीरको कोष या कोषीकाहरुको समुहको अस्वाभाविक बृद्धि हो ।

यदी यसलाई समयमा नष्ट गरिएन भने शरीर भरी नै यो रोग फैलिन्छ र अन्नतः यो नै मृत्युको कारण बन्न पुग्छ ।

महिलाहरुमा देखिने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख एक हो । पाठेघर महिलाको प्रजनन् सम्वन्धी एक प्रमुख अंग हो ।

जुन पेटको तल्लो भागमा पिसाब थैली पाठेघरको मुखको ठिक अगाडी र मलद्धार पछाडी रहेको हुन्छ । नासपाति आकारमा देखिने पाठेघरलाई फेलोपियन ट्यूव तथा मांसपेशी तत्वहरुले दुबैतिरबाट अड्याएका हुन्छन् ।

सामान्यतया पाठेघरलाई तिन भागमा बाँडेर हेर्न सकिन्छ । एक सबैभन्दा माथीको फराकिलो भाग जसलाई फण्डस भनिन्छ ।

अर्को बिचको साँगुरो घाँटी जस्तो भाग जसलाई इस्थमस भनिन्छ । तेस्रो पाठेघरको मुख जसलाई सर्भिक्स भनिन्छ । महिलामा देखिने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर प्रमुख हो ।

यस्ता महिलालाई पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुन्छ

– सानो उमेरमा विवाह गर्ने

– कलिलै उमेरमा यौन सम्पर्क गर्ने

– धेरै जनासँग यौन सम्पर्क राख्ने

– धेरै सन्तान जन्माउने – खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका महिला

– पाठेघर वा यौनाङ्गको बारम्बार संक्रमण भइरहने महिलामा यो क्यान्सर बढी देखिएको छ ।

लक्षण

क्यान्सरको सुरुवातमा कुनै पनि लक्षण नदेखिन सक्छ । तर यस्ता लक्षण देखिएमा पाठेघरको मुखको क्यान्सर हुनसक्छ ।

– योनीबाट गन्हाउने फोहर पानी बग्नु

– यौनसम्पर्क गर्दा सामान्य अवस्थामा पनि गर्दा रगत देखिनु

– महिनावारी बन्द भएका महिलामा पनि रगत देखिनु

– तल्लो पेट बढी दुख्नु

– दिशा वा पिसाब गर्दा अप्ठेरो महशुस हुनु

– वजन घट्दै जानु

– थकाई बढी लाग्ने

– महिनावारीको नभएको बेला पनि रगत बग्ने

पाठेघरको मुखको क्यान्सरबाट बच्न १० वर्ष उमेरसम्मका बालिकालाई खोप लगाउन सकिन्छ । यो खोप सरकारले निःशुल्क लगाउने अभियान सुरु गरेको छ ।

नेपालमा महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा बढी अर्थात् ७० प्रतिशत क्यान्सर पाठेघरको मुखको हुने गरेको तथ्याङ्कले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्ठनका अनुसार संसारभरमा प्रत्येक वर्ष दुई लाख ७० हजारभन्दा बढी महिलाको पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुने गर्दछ जसमध्ये ८५ प्रतिशत मृत्यु विकासोन्मुख देशमा मात्रै हुन्छ ।

सन् २०१२ को तथ्याङ्कअनुसार संसारभरमा त्यस वर्ष पाँच लाख २८ हजार महिलामा पाठेघरको मुखको क्यान्सरको निदान भएको थियो । सो वर्ष दुई लाख ६६ हजार महिलाको मृत्यु यस रोगका कारण भएको थियो । पाठेघरको मुखको क्यान्सर ३५ देखि ६४ वर्षसम्मका महिलामा धेरै हुने गरेको छ ।

नेपालमा प्रत्येक वर्ष करिब १० हजार २० जनामा यो रोग हुने अनुमान गरिएको छ जसमध्ये ५० प्रतिशतको मृत्यु हुने गर्छ । प्रारम्भिक अवस्थामै निदान गरी उपचार गर्न सकिएमा यो रोगबाट बच्न सकिन्छ । एजेन्सी ।

२०७४ चैत १० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड