इमान्दार संवाददाता
३७८ पटक

काठमाडौँ ।

चलचित्र कोइलाको ट्रेलर सार्वजनिक भएको छ । आउँदो बर्षको बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको काठमाडौमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको हो ।

मद्रासी लुक्समा देखिएका प्रज्वलको यो कोइला चलचित्रबाट दर्शकको प्रशंसा पाउने आकलन गरिएको छ।

निर्देशक गजेन्द्र रञ्जितको निर्देशनमा निर्मित एक्सन, लब स्टोरी र सेण्टिमेण्टलमा आधारित चलचित्र कोइलामा नायक प्रज्वल गिरी, नायिका सोनिया गिरी, ध्रुब कोईराला, किरण थापा, बिशाल पहारी, कालु राना, राम चन्द्र अधिकारी, देव नेपाल, सुरज पराजुली लगाएत कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

आरोही फिल्मसको ब्यानरमा निर्माण भएको उक्त चलचित्र कोइलालाई निर्माता बि.जे शर्मा, प्रत्युसा गिरी र कार्यकारी निर्माता श्री कृष्ण गिरी र सह निर्माता तमन्न शर्मा र अराज शर्माको लगानीमा निर्माण गरिएको छ ।

चलचित्रमा नायक प्रज्वलको कथा,सुदीप आत्रेयको लेखन र श्री श्रेष्ठ को द्रन्द रहेको छ । ओम सुनुवार र रेखा पौडेलको संगीत, बिनोद सापकोटाको छायांकन, शंकर बि.सी र श्रृजना बरालको नृत्य निर्देशन रहेको छ । कोइलालाइृ समिर मियाले सम्पादन र अमन मियाले भि एफ एक्स गरेका हुन् ।

२०७४ चैत ९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड