इमान्दार संवाददाता
१२६९ पटक

काठमाडौँ, ५ चैत ।

नेपाल कम्युनिष्ट पार्टीका एक केन्द्रीय सदस्यसहित ६ जना नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेकपाले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्जसहित संखुवासभा, धनकुटा र तेह्रथुम जिल्लाका इन्चार्ज सेक्रेटरीलाई प्रहरीले एकै ठाउँबाट गिरफ्तार गरेको छ ।

सोमबार साँझ धनकुटाको हिलेबाट उनीहरुलाई गिरफ्तार गरेको नेकपाका पोलिट्ब्यूरो सदस्य पदम राईले जानकारी दिएका छन् । राईका अनुसार कोशी ब्यूरो इन्चार्ज निशान राई, ब्यूरो सदस्य सागर लिम्बु, संखुवासभा इन्चार्ज समुल, सेक्रेटरी दिव्य बराल, धनकुटा इन्चार्ज अाकाश, सेक्रेटरी नवराज भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको छ ।

त्यसैगरी तेह्रथुम जिल्ला सेक्रेटरी कमला लिम्बुलाई पार्टीको कामको सिलसिलामा राति १० बजेतिर गिरफ्तार गरेको हो । सामान्य भेटघाटको क्रममा रहेका नेताहरुलाई एकै ठाउँबाट गरिएको गिरफ्तारी र प्रशासनको धरपकडप्रति अापत्ति जनाउँदै नेता राईले प्रहरीसँग गिरफ्तार नेता कार्यकर्ता रिहाइको गरेका छन् ।

काभ्रेको अनेकोट हत्याकाण्डको स्मृतिमा साँस्कृतिक प्रतिरोध दिवशको कार्यक्रम  सम्पन्न गरी फर्केर सामान्य छलफल पछि बेलुकाको खाना खाँदै गरेको अवस्थामा उनीहरुलाई विना कारण गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

२०७४ चैत ५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...