इमान्दार संवाददाता
९७० पटक

चीनले विश्वमा चमत्कार गरिराखेको छ । चिनियाँ अनुसन्धानकर्ताले ‘हाइपरसोनिक’ विमानको नयाँ खाका सार्वजनिक गरेका छन् । उक्त खाका अनुसार ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी गतिको विमान बन्ने छ ।

बीबीसीले उल्लेख गरे अनुसार उक्त परिकल्पना अनुसार बेइजिङदेखि न्यूयोकसम्मको यात्रा केही २ घण्टामै पूरा गर्न सकिने छ । अहिलेका विमानमा यो दूरीको यात्रा गर्न १४ घण्टा लाग्छ ।

यस्तो अनुसन्धान सैन्य उपयोगिताका लागि भएको समाचारमा उल्लेख गरिएको छ । यद्यपी यस्तो गतिको विमानमा यात्रा कस्तो होला भन्ने बहस भने सुरु भइसकेका छन् ।

यस्तो विमानको गति नाप्नका निम्ति ध्वनिलाई आधार मानिने छ ।समाचारमा उल्लेख भए अनुसार ध्वनिको गति भन्दा कम गतिलाई सबसोनिक भनिन्छ ।

अहिलेका विमानहरु सबसोनिक हुन् । सुपरसोनिकको अवधारणा भनेको ध्वनिको भन्दा तिब्र गति हो । सुपरसोनिकको गति ध्वनिको भन्दा पाँच गुणासम्म हुनसक्छ । हाइपरसोनिकको गति भने ध्वनिको भन्दा पाँच गुणाभन्दा बढी हुन्छ । एजेन्सी

हेर्नुहोस् भिडियो

२०७४ चैत ३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड