इमान्दार संवाददाता
१३४ पटक

काठमाडौँ।

टुँडिखेलस्थित सैनिक मञ्चमा रोचक कार्यक्रमहरु सहितको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह–२०७४’ को शनिबार आयोजना गरिएको छ । सो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य रहेकको थियो ।

उक्त समारोहको क्रममा अश्वकलाका विविध रोचक कार्यक्रमहरु राईड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, नेपाली सेना र नेपाल प्रहरीको चार्जर घोडा दौड, साईकल रेश, शो जम्प, क्याभल्री राईड, टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स हिट प्याक, लान्स सुईरो र क्रिजलगायतका कला प्रदर्शन गरिएको थियो । साथै उक्त कार्यक्रममा डग सो अन्र्तगत विविध रोमाञ्चक कलाहरु समेत प्रर्दशन भएको थियो ।

विभिन्न प्रर्दशनी पश्चात समारोहमा राष्ट्रपतिले म्यूजिकल राइडमा प्रथम हुने घोडसवार सह सेनानी मधु शाह र द्वितिय हुने घोडसवार सह सेनानी कृष्ण बासि तथा शो-जम्पमा प्रथम हुने घोडसवार अम. खिलध्वज खड्का र द्वितिय हुने घोडसवार सह सेनानी सज्जनध्वज थापालाई शिल्ड प्रदान गरेकी थिइन् ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कामु प्रधानन्यायाधीश दिपकराज जोशी, नेपाल सरकारका मन्त्रीहरु, नेपाल सरकारका सचिवहरु, महामहिम राजदूतहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रधानसेनापतिहरु, विभिन्न विदेशी दूतावासका सैनिक सहचारीहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द एवम् अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरु, सञ्चारकर्मीहरु, परिवारजन तथा सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।

२०७४ चैत ३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड