इमान्दार संवाददाता
२१८ पटक

काठमाडौं ।

पत्रकारिता क्षेत्रमा निरन्तर कमल चलाउदै आएका पत्रकार अनुप ओझा गायकका रुपमा पनि उदाएका छन्।

‘वारिको डाँडामा म’ बोलको गीतसहित सांगीतिक क्षेत्रमा प्रवेश गरेका ओझा ‘काठमान्डु पोस्ट’ मा कार्यरत छन् । ओझाको शब्द, आवाजमा सागर राजले संगीतबद्ध गरेको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ।

गीतको भिडियो हेर्दा दुई युवाको बाल्यकालीन मित्रताको सन्दर्भ समेटिएको देखिन्छ। भिडियोमा पत्रकार ओझासँगै द नेस्क्टका कलाकर्मी तथा दिप्सन परियार, निर्मल न्यौपाने, बाल कलाकारहरु सुजन पोखरेल र समीर तामाङले अभिनय गरेका छन्।

अस्ट्रेलियामा रहेको नेपाली कलाकारको समूह द नेक्स्टका प्रदीप लामाले निर्देशन गरेको उक्त भिडियो नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको हो। द नेक्स्टले सागर राज  फिलिम्सको सहकार्यमा प्रस्तुत गरिएको भिडियो स्टडी अस्ट्रेलियाले उत्पादन गरेको हो। गीतले आधुनिक युवा यूवतीहरुको मन जित्ने सफल हुने अनुमान ओझाको छ ।

हेर्नुहोस् भिडियो 

२०७४ चैत १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड