इमान्दार संवाददाता
१३७ पटक

काठमाडौं, १ चैत।

नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा चरम विवाद बढेको छ । विवादले सिमा नाघ्न थालेपछि एक जना केन्द्रीय सदस्यलाई युनियनले निष्काशन समेत गरेको छ ।

आधिकारिक ट्रेड युनियन कर्मचारी संघले आफ्ना केन्द्रीय सदस्य दिनेश शिवाकोटीलाई साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेको छ । शिवाकोटीलाई निष्कासन गरेपछि एक पक्षले उक्त कदमलाई निरंकुशताको अभ्यास गरेको बताएको छ ।

यता निष्काशित भएका शिवाकोटीले आधिकारिक ट्रेड युनियनका नाममा तथा अन्य युनियनका नाममा तिनका नेताहरुले प्राधिकरणका हित विपरित गरेका काम कार्वाहीहरुका बारेमा सामाजिक सञ्जालमा आफ्ना धारणा राखेकै आधारमा आफुलाई कारबाही गरिएको बताएका छन्।

आफुले ट्रेड युनियनका नेताहरुका गलत बिषयको उठान गरेकै कारण आफुलाई वदनियतपूर्ण तरिकाले कार्वाही गर्ने निर्णयले संघको निरंकुश शैली उदांगो भएको शिवाकोटीको भनाइ छ ।

यता शिवाकोटीले आफुलाई प्राधिकरणका गतिविधी र अनियमितता लगायत चित्त नबुझेका कुरा सार्वजनिकरुपमा भन्दा संघका अध्यक्ष जनार्दन भट्टराई आफूमाथि हुकुमी शैलीमा स्पष्टीकरण सोधी कार्वाहीको डण्डा बर्साएको बताएका छन् ।

आधिकारीक ट्रेड युनियनका केन्द्रीय सदस्य समेत रहेका शिवाकोटीलाई केहि भ्रष्ट कर्मचारीका खराब धन्दा का बारेमा बोल्दा र बिरोध गर्दा भविष्यमा अरुले यसै गरि बोल्न नसकुन भनेर आफुलाई कार्वाहीको डण्डा चलाएको शिवाकोटीको भनाई छ ।

शिवाकोटीलाई कारबाही गर्न जारी गरिएको पत्रमा भट्टराई आफैले हस्ताक्षर गरि विभिन्न समिति र विभिन्न दलका भातृ संस्थाहरुलाई पनि पठाएका छन्।

२०७४ चैत १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड