इमान्दार संवाददाता
४० पटक

काठमाडौं ।

संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि मंगलबार चुनाव भइरहेको छ ।

बिहान १० बजेदेखि सुरु भएको चुनाव अपरान्ह ३ बजेसम्म हुनेछ । अहिलेसम्म प्रदेश सभाका २३७ जनाले र प्रतिनिधि सभाको २०५ जना गरी ४४२ ले मतदान गरिसकेका छन् । प्रदेशसभा र प्रतिनिधिसभा गरी जम्मा ८८० जनाले मतदान गर्नेछन् ।

नयाँ राष्ट्रपतिका लागि वाम गठबन्धनबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ ।

स्पष्ट बहुमत रहेका वाम गबन्धनको उम्मेदवारलाई मधेशवादी दलले पनि समर्थन गर्ने घोषणा गरिसकेकाले भण्डारी दोस्रो कार्यकालका लागि दोहोरिने निश्चित भएको छ ।

२०७४ फागुन २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड