इमान्दार संवाददाता
४९ पटक

काठमाडौं ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युएस बंगला विमान दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पुगेर भेट गरेका छन् ।

मंगलबार देउवाले सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेहरुसँग भेट गरेका हुन् । उनले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुसाई नगर्न आफूले सरकारसँग माग गरिसकेको बताए ।

देउवाले दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकासँग पहल गर्ने पनि बताए ।

देउवाले दुर्घटना भए लगत्तै एक विज्ञप्ति जारी गर्दै घाइतेहरुको तत्काल उपचारको प्रवन्ध गर्न, उद्धार कार्यमा तदरुकता उपनाउन र विभान दुर्घटनाको तत्काल छानविन समिति गठन गर्न आग्रह गरेका थिए।

२०७४ फागुन २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड