इमान्दार संवाददाता
१५८४ पटक

धनगढी, २९ फागुन । 

कैलाली बोक्सी काण्डका रमिते घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली हानेको भन्दै प्रहरीले नेकपाका ३ जना नेताहरुलाई गिरफ्तार गरेको छ ।

सुख्खडस्थित अाफ्नै घरमा सुतिरहेका कमल क्षेत्री र भरत शाहलाई प्रहरीले राति ३ बजेतिर गिरफ्तार गरेको थियो । त्यसैगरी हृदय बोगटीलाई कैलालीको टिकापुरस्थित घरबाटै गिरफ्तार गरेको हो ।

तर नेपाल कम्युनिस्ट पार्टीले मेयर चौधरीको गोलीकाण्डमा अाफ्नो पार्टीको संलग्नता नरहेको स्पष्ट पारेको छ । प्रहरीले अाफ्ना तीन नेतालाई प्रहरीले राति घरबाटै गिरफ्तार गरेको घटनाप्रति नेकपा कैलालीका इन्चार्ज महानले अापत्ति जनाएका छन् ।

‘घटनामा हाम्रो पार्टीको संलग्नता छैन, ‘घटनामा हाम्रो पार्टीको संलग्नता छैन, हाम्रो निर्दोष साथीहरुलाई मध्यरात अपहरणशैलीमा गरिएको गिरफ्तारीप्रति हाम्रो अापत्ति छ’ इन्चार्ज महानले अनलाइन डबलीसँग भने । उनले तीनै जनालाई तत्काल रिहा गर्न समेत माग गरेका छन् । मेयर ममताप्रसद चौधरीमाथि सोमबार साँझ उनकै घरमा अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको थियो ।

प्रहरीले ममताप्रसाद चौधरीमाथि गोली प्रहारमा संलग्‍नाको अाशंकमा नेकपा कैलालीका तीन नेतालाई गिरफ्तार गरेको छ ।  घटनामा अाफ्नो संलग्‍नता नरहेकोबारे नेकपा कैलालीले विज्ञप्ति निकाल्ने तयारी गरिरहेको छ ।

चौधरीमाथि सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको प्रदेश नं. ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले पुष्टि गरे । मेयर चौधरीमाथि सोही नगरपालिका निवासी राधा चौधरीलाई बोक्सीको अारोपमा ६ घण्टासम्म यातना दिँदा समेत रमिते बनेको अारोप लागेको थियो । यस्तै चौधरीमाथि कुटपिट हुदा पीडकहरुलाई संरक्षण दिएको आरोप समेत लागेको थियो ।

प्रहरीले अनुमानका भरमा नेकपाका नेताहरु गिरफ्तार गरेपनि मेयर चौधरीमाथि कसले गोली हानेको हो भन्ने बारेमा केहि पत्ता लगाउन सकेको छैन ।

२०७४ फागुन २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...