इमान्दार संवाददाता
१७६७ पटक

कैलाली ।

कैलालीकाे घोडाघोडी नगरपालिका ५ देउकालियाकी रोमा चौधरीलाई ‘बोक्सी’ आरोपमा मरणासन्‍न हुनेगरी कुटपिट गरिएको घटनाबारे नेपाल कम्युनिस्ट पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै नेकपा कैलालीका इन्चार्ज महान र सेक्रेटरी अमरले उक्त अन्धविश्वास, रुढीवादी कुसंस्कारले सिंगो जिल्लालाई नै कलंकित बनाएको भन्दै अाफ्नाे पार्टी स्तब्ध भएको बताएका छन् ।

राधा चौधरीमाथि भएको अमानवीय व्यवहारको नेकपाले घोर निन्दा र भत्सर्ना गरेको छ । नेकपाले कथित भोले बाबा रामबहादुर चौधरी र पार्वती भनिने स्मारिका चौधरीलगायत दोषीहरु र रमितेहरुलाई समेत कडा कारवाहीको माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ- “कथित भोले बाबा रामबहादुर चौधरी र पार्वती भनिने स्मारिका चौधरीलगायत दोषीहरु र रमिते बन्नेलाई कडा कारवाहीको माग गर्दै सत्यतथ्य छानविन गर्न सरोकारवाला पक्ष मानव अधिकारवादी, नागरिक समाज, महिला अधिकारर्की र पत्रकार जगतको ध्यान आकर्षण गर्दछौं ।” नेकपाले पिडित राधा चौधरीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको सामाजिक, मानसिक रुपले पुनर्स्थापनाको माग गरेको छ ।

नेकपाले पीडक पक्षलाई क्षतिपूर्ति दिन समेत भनेको छ । राधाले पीडक पक्षबाट क्षतिपूर्ति पाउनुपर्ने र यस्तो अमानवीय घटना घट्दा समेत मुकदर्शक बनेर गैरजिम्मेवारी अभिव्यक्ति दिने मेयरलाई लखेट्नु पर्ने नेकपाले जनाएको छ  ।

आफै राजिनामा दिन घोडाघोडी नगरपालिका भ्रष्ट मेयर ममताप्रसाद चौधरीलगायत जनप्रतिनिधिहरुलाई नेकपाले चेतावनी दिएको छ । तत्काल राजीनामा दिन अटेरी गरे आफ्नो पार्टी जनकारवाही गर्न बाध्य हुने समेत बिज्ञप्तिमा उल्लेख छ ।

“गैरजिम्मेवार अभिव्यक्ति दिने भ्रष्ट मेयर ममताप्रसाद चौधरीलगायत जनप्रतिनिधिको तुरुन्तै राजिनामा माग गर्दछौं, यदि बेवास्ता गरेमा जनकारवाही गर्न बाध्य हुने ब्यहोरा समेत यसै विज्ञप्तिमार्फत जानकारी गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

राधासँग संबन्धित यी समाचारहरु पढ्न छुटाउनुभयो की ?

आमालाई पिटेर फर्काइयो, बुबालाई दर्शक बनाइयो ! को थिए ती ‘देवता’ जसले राधालाई बचाए ?

राधामाथि लात्ती र मुड्की बर्साउने भोलेबाबाबारे नयाँ तथ्य बाहिरियो, युवतीमाथि यौन शोषण गरेको खुलासा

राधा ६ घण्टासम्म निर्घात कुटिदाँ रमिते बनेका मेयरले दिए यस्तो गैरजिम्मेवारी अभिव्यक्ति (हेर्नुहोस् अन्तरवार्ता)

बोक्सीको आरोपमा निर्घात कुटिएकी राधाबारे प्रधानमन्त्री कार्यालयले निकाल्यो यस्तो विज्ञप्ति, अब के होला ?

कैलालीमा लगातार ६ घण्टासम्म निर्घातरुपमा कुटिइन राधा, गाउँले रमिता मात्र हेरिरहे (भिडियोसहित)

२०७४ फागुन २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड