इमान्दार संवाददाता
१११ पटक

काठमाडौं।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक डकुमेन्ट्री फिल्ममार्फत आफुले एक यात्री विमान खसाल्ने आदेश दिएको बताएका छन् । किनकी उनलाई खबर थियो-विमानमा बम छ र २०१४ को सोची विन्टर ओलम्पिकमा आक्रमण हुँदैछ ।

यो दुई घन्टाको डकुमेन्ट्रीको अनलाइन रिजिल भएको छ । जसमा राष्ट्रपति पुटिनले भनेका छन्, ‘खेल सुरु हुनु अघि नै थाहा भयो कि युक्रेनबाट टर्की जान लागेको विमान हाइज्याक भएको छ । तर, खबर गलत थियो र जहाजलाई खसालेनौं ।’

यो डकुमेन्ट्री यस्तो बेला आएको छ, जतिबेला रुसमा चुनावी सरगर्मी बढेको छ । पुटिनविरुद्ध सात उम्मेदवार छन् । तर, कसैलाई पनि बलियो समर्थन पाउने आश छैन । मुख्य विपक्षी नेता एलेक्सी नेवलनीलाई चुनाव लड्न प्रतिवन्ध लगाइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पुटिनले खसाल्न आदेश दिएको विमान टर्किस पेगेसस एयरलाइन्स बोइङ ७३७-८०० विमान हो, जुन हर्किवबाट ११० यात्रु लिएर इस्तानबुल जाँदै थियो ।

पाइलटले एक यात्रुसँग बम रहेको र उनले विमानलाई सोचीमा अवतरण गर्न भनेको बताएका थिए ।

पुटिनले डकुमेन्ट्रीमा भनेका छन्, -‘सुरक्षा अधिकारीहरुले भने कि यस्तो अवस्थामा प्रक्रियाका हिसावले हवाई जहाजलाई खसाल्नु ठीक हुन्छ । मैले त्यही गर्न भनेको थिएँ ।’

तर, केही मिनेटमै अर्को फोन आएको र उक्त खबर गलत भएको सूचना दिइएको उनले बताए । यसको केहीबेरपछि नै आफू सोचीमा ओलम्पिक समारोहमा पुगेको पुटिनले बताएका छन् । रोयटर्सका अनुसार राष्ट्रपति कार्यालयका प्रवक्ताले पुटिनको दाबी पुष्टि गरेका छन् ।

२०७४ फागुन २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड