इमान्दार संवाददाता
७२ पटक

काठमाडौं।

उत्पादन अनुमतिका लागि आवश्यक कागजात पेश गर्न नसक्दा बुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजनाको प्रबर्द्धक कम्पनी नौलो नेपाल हाइड्रो इलेक्ट्रिकको आयोजना अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । बुढीगण्डकी ‘क’ १३० र ‘ख’ २६० मेगावाटका आयोजना हुन् ।

नौलो नेपालले उत्पादन अनुमतिपत्रका लागि आवश्यक पर्ने फाइनान्सियल क्लोजरको रिपोर्ट, विद्युत् प्राधिकरणसँग गरिने विद्युत खरिद सम्झौता (पिपिए) को पत्र र उद्योग दर्ताको कागजात पेश गर्न नसकेको उर्जा मन्त्रालयले जनाएको छ ।

यससँगै फागुन महिनामा मात्रै भारतीय कम्पनीले ओगटेर राखेका कुल ७४० मेगावाट बराबरको आयोजनाको लाइसेन्स खारेज भएको छ । पछिल्लो समय उर्जा मन्त्रालयले लामो समयसम्म आयोजना आगटेर मात्र बस्ने र निर्माण अघि नबढाउने कम्पनीहरुको लाइसेन्स भटाभट खारेज गर्न लागेको छ ।

१२ फागुनमा मन्त्रालयले ३५० मेगावाटको दुधकोशी ४ जलविद्युत आयोजनाको प्रबर्द्धक कम्पनी केभीआर इन्डिया इन्फ्रा कम्पनीको लाइसेन्स खारेज गरेको थियो ।

२०७४ फागुन २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड