इमान्दार संवाददाता
७२ पटक

काठमाडौँ।

अमेरिकाका जासुसीका प्रमुखले अमेरिका र उत्तर कोरियाका नेताबीचको भेटमा ठूलो चुनौति रहेको बताएका छन् ।

‘राष्ट्रपति ट्रम्प कुनै थ्रिएटरका लागि नाटक गरिरहनु भएको छैन’, आइतबार अमेरिकी जासुसीका प्रमुखले फक्स न्यूजलाई भने, ‘उहाँ समस्याको समाधान गर्न लागिरहनुभएको छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया र अमेरिकाबीचको वार्ता विश्वका लागि ठूलो उपलब्धि रहेको बताएका छन् ।

तर, ट्रम्पका आलोचकहरुले उक्त बैठक निराशामा टुङ्गिए विश्वमा पहिलाको भन्दा ठूलै खतरा आउने चेतावनी दिएका छन् ।

पदमा रहेका बेला अमेरिकाका कुनै पनि राष्ट्रपतिले उत्तर कोरियाका नेता किम जोन उनसँग यस्ता गम्भीर विषयमा भेटघाट गरेका छैनन् । तर, ट्रम्पले दक्षिण कारियाको पहललाई स्वीकारेर वार्ता गर्न सहमत भएका हुन् । ट्रम्पको उक्त निर्णयप्रति उनकै प्रशासन अचम्ममा परेका थियो ।

विश्वभर उत्तर कोरियाको आणविक कार्यको बिरोध भैरहेको बेलामा उत्तर कोरियाका नेता उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भेटवार्तालाई सबैले महत्वका साथ हेरेका छन् ।

सन् २००३ देखि नै उत्तर कोरियाले आणविक हतियारको सन्धि उलङ्घन गरे पनि उक्त विषयमा विश्वले छलफल र वार्ता गर्न असफल भएको थियो । अमेरिकाको ‘सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी’का निर्देशक माइक पोम्पीयोले उत्तर कोरियाको अर्थतन्त्रमा नकारात्मक असर परेकाले वार्ता सम्भव भएको बताएका छन् ।

अमेरिकी अधिकारीले उत्तर कोरियाले वार्तपछि कुनै पनि आणविक कार्यक्रम स्थगित गरेमा मात्र वार्ताले सार्थकता पाउने औल्याएका छन् । तर, उत्तर कोरियाका नेताले वार्तामा कति लाभ लिन सक्छन भन्ने सबैको चासो बढेको छ ।

आउँदो मे महिनामा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता हुने छ । तर समय र ठाउँ भने अझै खुलाइएको छैन । अमेरिकाका सबै राजनीतिक दलले ट्रम्प र किम जोन उनको वार्तालाई महत्वका साथ हेरेको बीबीसीले जनाएको छ ।

२०७४ फागुन २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड