इमान्दार संवाददाता
७५ पटक

काठमाडौँ ।

इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

खेलमा लिग तालिकाको तेस्रो स्थानमा रहेको टोटनह्यामले बर्नमाउथलाई ४-१ ले हराएको छ । टोटनह्यामका लागि हिउङ मिन सनले २ गोल गर्दा डेले अली र सर्जी औरीएरले एक एक गोल थपे । बर्नमाउथका जुनियर स्टानिस्लासले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३-० ले हरायो ।

आर्सनलका लागि खोद्रान मुस्ताफी,पिएरे एमरिक औबामायङ्ग र हेन्रीक कख्तरीयानले एक–एक गोल गरे । प्रिमियर लिग फुटबलमा आज राति म्यान्चेस्टर सिटीले स्टोक सिटीसँग खेल्नेछ ।

लिगको अंक तालिकामा २९ खेलबाट ७८ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै छ । एक खेल बढी खेलेको म्यानचेस्टर युनाईटेड ६५ अंक सहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक छ ।

६० अंकको साथ लिभरपुल चौथो तथा ५६ अंकसहित चेल्सी पाँचौ स्थानमा छ ।

२०७४ फागुन २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड