७७२ पटक

बलराम तिमल्सिना

हुने खानेकी छोरीलाई सेक्सी बनाएर लुट्ने तिमी
दीन दुखीकी छोरीलाई बोक्सी बनाएर कुट्ने तिमी ?

उठ्यौ उठ्न त उठ्दा उठ्दा आकास छोयौ होला तर
मान्छेजस्तै मान्छे बनेर भन कहिले उठ्ने तिमी ?

जुट्यौ जुट्न त व्यभिचारमा अत्याचारमा जुट्यौ सँधै
मान्छेमाथिको अत्याचार यो मास्न कहिले जुट्ने तिमी ?

मासु भुट्यौ भटमास भुट्यौ सोझाहरूका दिमाग भुट्यौ
ठग चोरका व्यभिचारीका दिमाग कहिले भुट्ने तिमी ?

वर्षौं वाँधियौ भ्रमले झण्डै पसुवत सोच्ने भयौ सुन
भ्रम भरोसा भङ्ग गरेर कुन दिनबाट छुट्ने तिमी ?

२०७४ फागुन २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड