इमान्दार संवाददाता
६२ पटक

काठमाडौं।

अफगानिस्तानको फराह राज्यमा तालिवान समूहले गरेको आक्रमणमा २४ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

इरानको सिमा नजिक अफगानिस्तानको बाला बुलुक जिल्लामा तालिवानविरुद्ध कारबाहीको तयारीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भएको हो ।

मारिनेमा चार जना स्पेसल फोर्सका अधिकृतसमेत रहेका छन् । घटनामा थुप्रै सुरक्षाकर्मी घाइते भएका छन् । अफगानिस्तानमा पछिल्लो समय तालिवान आक्रमण तीब्र भएपछि सरकारी सेनाले तालिवानका पकड क्षेत्रमा धावा बोल्दै आएको छ ।

यसैक्रममा १० दिनअघि भएको हवाई हमलामा केही तालिवानको मृत्यु भएको थियो ।

२०७४ फागुन २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड