इमान्दार संवाददाता
७२ पटक

काठमाडौं ।

बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसी तेस्रो सन्तानको पिता बनेका छन्।

उनकी श्रीमती एन्तोनेलाले शनिबार तेस्रो सन्तानको रूपमा छोरा जन्माएकी हुन्। मेसी र एन्टोनेलाका यसअघि नै दुई छोरा थिए। मेसीको तेस्रो छोराको नाम सिरो हो ।

यसअघि उनीका थिएगो र मातेओ नाम गरेका दुई छोरा भइसकेका छन् । मेसीका जेठो छोरा थिएगोको सन् २०१२ नोभेम्बर २ मा जन्म भएको थियो ।

यस्तै दुई वर्षअघि दोस्रो सन्तानको रुप्मा मातेओ जन्मिएका थिए र अहिले सिरोको जन्म भएको हो । पाँच वर्षको अवधिमा मेसी तीन छोराका पिता बनेका छन् ।

२०७४ फागुन २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड