इमान्दार संवाददाता
७१ पटक

रूपन्देही ।

रूपन्देहीमा जारी तिलोत्तमा गोल्डकपको दोस्रो क्वार्टर फाइनलमा आज दुई विभागीय टोली भिड्ने भएका छन्। यसअघि शनिबार भएको पहिलो क्वाटर फाईनलमा घरेलु टोली रूपन्देही ११ सेमिफाइनलमा प्रवेश गरेको छ।

एन्फा खेल मैदान बुटवल देवीनगरमा भएको खेलमा देशभक्त युवा क्लव नवलपरासीलाई १ का बिरुद्ध ३ गोल गर्दै रूपन्देही अन्तिम चारमा पुगेको हो।

रुपन्देहीको लागि अशोक गुरुङले दुई तथा निशान लिम्बुले १ गोल गरे। खेलको २३ औं मिनेटमा गोल गर्दै अशोकले टिममलाई अग्रता दिलाएका थिए।

पहिलो हाफ १-० ले अगाडि रहेको घरेलु टोलीमाथि नवलपरासीका बिदेशी खेलाडी कोलीले ६५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

निशान लिम्बुले खेलको ८३ मिनेटमा गोल गर्दै फेरि रूपन्देहीलाई अग्रता दिलाए। खेलको अन्तिम इन्जुरी समयमा गुरूङले आकर्षक गोल गर्दै घरेलु टोलीलाई सेमिफाइनलसम्म पुर्‍याए।

२०७४ फागुन २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड