आज : २०७५ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
९३ पटक

काठमाडौं ।

तीन दिन देखि कारोबार बन्द रहेको नेप्से परिसुचक ३१ अंकले झर्दा शेयर बजारमा आइतबार पहिरो गएको छ।

बिहिबार महिला दिवसको विदा परेकाले शेयरको कारोबार भएन। शुक्रबार र शनिबार नेपाल स्टक एक्सचेन्जले शेयर कारोबार गर्दैन। केहि दिन यता सुधारीएको बजार आइतबारको कारोबारले लगानीकर्तामा निरासा छाएको छ।

१३१५ अंकबाट सुरुबात नेप्से ओरालो लागेर यस बर्ष कै कम १२८४ अंकमा पुगेको छ । आइतबार १६० कम्पनीको ३२ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। यस दिन सबै उपसुचकहरु घटेका छन्।

बैंकिङ २३, होटल ६३, बिकास बैंक २५, जलविद्युत ६५, फाइनान्स ८, बिमा २४३, उत्पादन ५२, अन्य १० र माइक्रोफाइनान्स ४५ अंकले घटेका छन्। नेपाल लाइफ इन्सुरेन्सको सबै भन्दा धेरै रकमको कारोबार भयो। यसको २ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

त्यस्तै धेरै रकमको कारोबार हुने कम्पनीमा एनआइसी एसिया बैंक पनि अग्र स्थानमा रह्योे। यसको १ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। धेरै नाफा कमाउनेमा सिद्दार्थ इक्विटी फण्ड र खानीखोला हाइड्रोपावरका लगानीकर्ता रहेको छन्। जसका लगानीकर्ताले सबैभन्दा धेरै २ प्रतिशत कमाए।

त्यस्तै सबै भन्दा धेरै गुमाउनेमा ग्लोबल आएइमइ लघुवित्त वित्तिय संस्था र नेपाल लाइफ इन्सुरेन्सका लगानीकर्ता रहेका छन् जसका लगानीकर्ताले सबै भन्दा ९ प्रतिशत गुमाए।

२०७४ फागुन २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...