इमान्दार संवाददाता
२६५६ पटक

कपिलवस्तु, २७ फागुन ।

सरकारले पक्राउ पुर्जी जारी गरेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को गृहनगर कपिलवस्तुमा हजारौ जनता विप्लवको पक्षमा सडकमै उत्रिएका छन् ।

नेकपाका नेता-कार्यकर्तामाथि प्रहरी प्रसाशनले ब्यापक धरपकड गरेको भन्दै जिल्लामा हजारौं सर्वसाधारण सडकमा निस्केका हुन् । नेकपाले सञ्चालन गरेको ‘राष्ट्रीय जनजागरण तथा प्रतिरोध’ अभियानको टोली अाइतबार कपिलबस्तुतको जितपुरमा पुगेपछि हजारौ जनता सडकमा आएका हुन् ।

सडकमा आएका सर्वसाधारणले जनताले नेकपाका महासचिव विप्लवसहितका नेताहरुलाई जारी गरेको वारेन्ट खारेज गरिनुपर्ने, जारी धरपकड र गिरफ्तारी तत्काल बन्द गरेर शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न पाउनुपर्ने माग राखेका छन् ।

आफ्नो गाउँमा पुगेको जनजागरण तथा प्रतिरोध अभियान टोलीलाई स्वागत गर्दै प्रदर्शनमा उत्रिएका सर्वसाधारणले दलाल सरकार मूर्दावाद, धरपकड र गिरफ्तारी बन्द गर, नाराबाजी गरेका छन्।

प्रदर्शनमा सहभागी सर्वसाधारण जनताको जुलुसले नगर परिक्रमा गरेपछि सभामा परिणात भएको पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका छन् ।

तस्बिर – प्रकाश डुम्रे

२०७४ फागुन २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...