इमान्दार संवाददाता
९२४ पटक

काठमाडौँ । 

अभिभावकसँग चर्को शुल्क अशुलेर ब्रह्मलुट मच्चाउने ४ वटा निजी सकुललाई ठगि मुद्दा लाग्ने भएको छ । बालबच्चाको शैक्षिक भविष्यबारे आफैले ठेक्का लिएको घमण्ड गर्ने केही निजी स्कुलको लुट धन्दाबारे इमान्दार मिडियाले गत साउनमै समाचार प्रकाशन गरेको थियो ।

इमान्दार मिडियाले ललितपुरमा रहेको उलेन्सलगायतका केही स्कुलले प्रीनर्सरी पढ्ने विद्यार्थीकै मासिक शुल्क २६ हजार लिएको समाचार प्रकाशित गरेपछि उक्त क्षेत्रका केही निजी बिद्यालय सञ्चालकहरुले हाम्रा संवाददातालाई फोन र म्यासेज मार्फत धम्कि पनि दिएका थिए ।

निजी बिद्यालय सञ्चालकले दिएको धम्कीकाबीच पनि हामीले उनीहरुको लुटका बारेमा फ्लोअप समाचार प्रकाशन गरेपछि सम्बन्धित निकायले ति विद्यालयहरुले मच्याएको ठगिर लुटधन्दाको बिषयमा अनुसन्धान सुरु गरिसकेको जानकारी हामीले पाएका थियौ ।

उनीहरुको अप्रत्यक्ष धम्कीका वावजुद पनि हामीले अभिभावकसँग चर्को शुल्क लिइरहेका राजधानीका निजी स्कुलविरुद्ध भण्डाफोर अभियान निरन्तर चलाई नै रहयौ । हाम्रो निरन्तरको भण्डाफोरपछि यो बिषय आम नागरिक स्तरसम्म पुगेको थियो ।

इमान्दार मिडियाको समाचार प्रभावले निजी विद्यालयको ठगि धन्दाबारे नागरिक स्तरबाट समेत चासो र दबाव सिर्जना हुन थालेपछि सरकारले उनीहरु विरुद्ध ठगी मुद्दा दर्ता गर्ने भएको छ।

समाचारपछि बिभाग तात्यो

इमान्दार मिडियाले निजी बिद्यालयका यस्ता धन्दाबारे भण्डाफोर गरेपछि आपूर्ति मन्त्रालयअन्तर्गत रहेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले राजधानीका १५ वटा स्कुलको अनुगमन गरेको थियो ।

विभागले अनुगमन गर्दा प्रचलित कानुनलाई बेवास्ता गर्दै अभिभावकसँग चर्को शुल्क असुलिलिएको प्रमाणित भएपछि काठमाडौँमा रहेको रातोबंगला, प्रिमियर, युलेन्स, जेम्स र द चाँदवाग स्कुलविरुद्ध सरकारी वकिल कार्यालयमार्फत मुद्दा चलाउन लागेको छ ।

बिगतमा पनि यस प्रकारका अनुगमन भने नभएका हैनन्, बिगतमा विभागले अनुगमन गर्ने तर सामान्य चेतावनी दिँदै जरिवाना मात्र लिएर छाड्ने गरेको भए पनि यसपटक भने मुद्दा नै चलेको छ ।

हाम्रो लगातारको भण्डाफोर र नागरिक तहबाटै ब्यापक बिरोध हुनथालेपछि बिभागले पहिलोपटक चार स्कुलविरुद्ध मुद्दा दर्ता गर्न प्रक्रिया अघि बढाएको हो।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले दिएको जानकारी अनुसार अनुमगनक्रममा अधिकांश स्कुलले विद्यार्थीसँग शुल्क तोक्दा कानुनी व्यवस्थालाई नमानेको पाइएको थियो।

यस्तो ब्रह्मलुट मच्चाइरहेका ती स्कुलको शुल्क संरचनासम्बन्धी फाइल अध्ययन गरेर विभागले ठगी मुद्दा दायर गर्न स्वीकृति र रायका लागि सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गरेको छ।

रातोबंगला र चाँदवाग स्कुलको फाइल मंगलबार नै दर्ता भइसकेको छ भने अन्य दुईको फाइल छिट्टै दर्ता गर्ने विभागले जनाएको छ । प्रिमियर र उलेन्सविरुद्ध पनि बुधबार नै मुद्दा दर्ता गर्ने विभागको तयारी भएपनि बिहीबार सरकारी बिदा भएका कारण नभ्याईएको महानिर्देशक दाहालले बताए ।

यस्तो छ स्कुलले शुल्क लिनेबारे कानुनी ब्यबस्था

निजी बिद्यालयले अभिभावकहरुबाट शुल्क लिँदा निश्चित कानुनी मापदण्डको पालना गर्नुपर्ने हुन्छ । जसका लागि सरकारले गत वर्ष निजी विद्यालयलाई ‘क’ देखि ‘ग’ श्रेणीसम्म वर्गीकरण गरेर शुल्क निर्धारण गरेको थियो।

जसअनुसार ‘क’ श्रेणीका विद्यालयले प्राथमिक तहमा मासिक दुई हजार तीन सय ६२, निम्न माध्यमिक तहमा दुई हजार सात सय र माध्यमिक तहमा तीन हजार ६ सय ७५ रुपैयाँ लिन पाउने सहमति सरकारी अधिकारी र विद्यालय सञ्चालकबीच भएको थियो।

यो शुल्कमा ‘ख’ र ‘ग’ श्रेणीका विद्यालयले ‘क’ श्रेणीको विद्यालयले लिएको शुल्कमा क्रमशः २५ र ५० प्रतिशत शुल्क घटाएर लिनुपर्ने कानुनी व्यवस्था छ।

शुल्कमा यसरी ब्रह्मलुट मच्चाएका थिए

विभागले अनुगमन गर्दा शुल्कमा ब्रह्मलुट  मचाउने बिद्यालयको सुची सार्बजनिक गरेको छ । बिभागका अनुसार रातो बंगला स्कुलले  विद्यार्थीका लागि भर्नाबापत मात्र ७५ हजारसम्म र धरौटी शीर्षकमा २५ हजार रुपैयाँ शुल्क लिइरहेको सरकारी तथ्यांक छ।

यस्तै ट्युसन शुल्कको नाममा मासिक २१ हजार चार सय ६० देखि २६ हजार सात सय ५० रुपैयाँ बिद्यार्थीसँग लिने गरेको विभागको प्रतिवेदनमा उल्लेख छ।

यस स्कुलले ‘सोसल फन्ड’ शीर्षकमा दुई हजार चार सयदेखि दुई हजार आठ सय रुपैयाँसम्म लिइरहेको छ। त्यसबाहेक भर्ना, मासिक, पुस्तकालय तथा अतिरिक्त क्रियाकलाप तथा ‘करिकुलम सपोर्ट’लगायत शीर्षकमा पनि शुल्क उठाएको छ।

यस्तै बाँसबारीस्थित चाँद वाग स्कुलले एक कक्षाका विद्यार्थीसँग १४ वटा शीर्षकमा शुल्क लिइरहेको छ। सरकारी नीति नियमलाई पालना गरेजस्तो देखाउन कक्षा एकका विद्यार्थीसँग भर्नाबापत दुई हजार तीन सय ६३ रुपैयाँ मात्र लिए पनि ‘डेभलपमेन्ट चार्ज’ शीर्षकमा २५ हजार रुपैयाँ थप असुल्दै आएको छ।

अभियोगपत्र तयार पारिएका प्रिमियर इन्टरनेसनल स्कुलमा एक कक्षाका विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ। एक कक्षाकै विद्यार्थीसँग सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिएको छ।

पुस्तकालय शुल्कको नाममा सात हजार पाँच सय, वार्षिक स्टेसनरी शीर्षकमा २५ हजार दुई सय तथा आईबी कोर्स र आईसीटी शीर्षकमा कक्षा एककै विद्यार्थीसँग १४ हजार चार सय रुपैयाँ लिएको छ।

त्यसबाहेक मासिक ट्युसन शुल्कबापत २५ हजार र लन्च तथा स्न्याक्स शीर्षकमा पनि ६ हजार पाँच सय रुपैयाँ लिँदै आएको छ । अभियोगपत्र तयार पारिएको अर्को स्कुल युलेन्सले विद्यार्थीसँग १८ वटा शीर्षकमा शुल्क लिइरहेको छ।

यस स्कुलले भर्नाबापत मात्र ५० हजार रुपैयाँ असुल्छ। उक्त बिद्यालयबारे इमान्दार मिडियाले ‘उलेन्स स्कुलको यस्तो चर्तिकला, सर्वसाधारणका छोराछोरीलाई ‘नो इन्ट्री” शिर्षकमा गत साउन ३२ गते नै समाचार प्रकाशित गरिसकेको थियो ।

खुमलटारमा रहेको उलेन्स स्कुलमा धनाढ्य र सम्पन्न परिवारका छोराछोरीले मात्रै पढ्न पाउने गरेको अविभावकहरुको गुनासो थियो ।उलेन्स स्कुलमा प्रधानमन्त्री पत्नी आरजु राणाको ७५ प्रतिशत लगानी रहेको स्रोतले बताएको छ ।

बिभिन्न राजनीतिक दलका उच्चस्तरीय नेता, मन्त्रालयका सचिव, सह-सचिव र ठुला व्यापारीहरुका बालबच्चा मात्र उक्त स्कुलमा पढ्दै आएका छन् ।

यसरी निजी बिद्यालयहरुले गरिरहेको लुटधन्दाबारे हाम्रो अनुसन्धानमुलक खोजी अझै जारी नै छ । काठमाडौँमा मात्र हैन काठमाडौँ बाहिर पनि यस्तो ब्रह्मलुट मच्चाएर बिद्यालय चलाउने गिरोह सकृय नै छन् हामि आगामी दिनमा पनि निरन्तर फ्लोअप गरिरहने छौ ।

यो समाचारसँग सम्बन्धित यि लेख र सामाग्रीहरु पनि पढ्नुहोस् 

उलेन्स स्कुलको यस्तो चर्तिकला, सर्वसाधारणका छोराछोरीलाई ‘नो इन्ट्री’

EXCLUSIVE: उलेन्स स्कुलको ब्रह्मलुट, प्रीनर्सरी पढ्ने विद्यार्थीकै मासिक शुल्क २६ हजार !

शिक्षा क्षेत्रमा हुर्कदै गरेको लूट धन्दा : कसरी ठग्छन् निजी बिद्यालयहरु ?

शैक्षिक माफियाविरुद्ध अनुसन्धान र एक्सनमा उत्रियो क्रान्तिकारी, यसरी समात्यो ठग गिरोह

शिक्षा क्षेत्रमा हुर्कदै गरेको लूट धन्दा : कसरी ठग्छन् निजी बिद्यालयहरु ?

दुई अर्ब बचाउन विद्यार्थीलाई अशुद्ध किताब

 

२०७४ फागुन २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...