१०८५ पटक

माया खत्री, जाजरकोट ।

यो संसार अचम्मको छ जहाँ महिला एति सम्म हेपिएकी हुन्छिन लाग्छ म त्यो यो जन्ममा किन नारी भएर जन्मिए फेरी परिवर्तन हुन्छ मन ।

र अनि सोच्छु संसारकै सबै भन्दा महत्वपूर्ण चिज नारी जहाँ आमा शब्द सबैको प्यारो हुन्छ अनि बन्न मन लाग्छ किशोर अबस्थामै आमा र देखाउन मन लाग्छ आमा के हो ,किन आवश्यक छ भनेर ।

यो एक्काईसौं सताब्दी जहाँ संसारमै चेतनाको विकास भैसकेको छ तर केहि पुरुसमा कहिले चेतना शब्द घुसेन अझै बढ्दो छ महिला हिंसा र बलात्कार । जहाँ महिलामाथि पर-पुरुषले देखाउने पशु ब्यबाहारले बाच्न गाह्रो हुन्छ।

जागिरिको लागि अफिस जाऊ हाकिमको डर ,पढ्नको लागि स्कुल कलेज जाउँ शिक्षकको डर, घाँस दाउरा गर्न जाउँ जंगली पुरुषको डर अनि कसरी भईन महिला स्वतन्त्र नागरिक ? आफ्नो सरिर जोगाउन अब के गरौ ? सक्छौ के तिमी सक्छौ ? सक्छौ भने आऊ मलाई बलात्कार गर । म तिमीले गरेको यो ब्यबहार सहन तयार छु ।

लेखक

तिमीले म एउटी नारीलाई बलात्कार गरेर आफुलाई महापुरुषको दर्जामा राख्न सफल हुन्छाै भने म तिम्रो त्यो चाहना पुरा गर्ने छु, तर यो सम्झ कि तिमीले गरेको पापले तिमीलाई जीवनभर पछुतो लाग्ने छ । त्यहि ठाउँमा तिम्रो कोहि थियो भने के हुन्छ तिमीलाई ? आफ्नो दिदीबहिनी दर्जामा राखेर मलाई बलात्कार गर म सहन्छु ।

चलचित्र बन्छ चेतना भन्दा बिकृति बढी ल्याएर ,सामाजिक काम गर्छु भन्नेहरु नै समाजमा गलत काम गर्छन । पैसाले चलेको संसार र समाज जहाँ २/५ सय खर्च गर्नुहेस, तपाईकै अगाडी कुनै नारीको इज्जत लुटिदै छ भने अर्की नारीले त्यो नारीको इज्जत बचाऊँन जादिन।कुनै नारीमाथि अत्याचार हुदा अर्की नारी हेरी बस्ने यो समाज । अरे यो पापी समाजको के कुरा गर्नु जहाँ आफु बच्नको लागि अरुलाई मार्ने मारिन्छ ।

अब त चिन्ता परिवारबाट नै बढी छ । बिबाह भएकी नारीहरु कुन बेला पतिको अगाडी मृत्युको शिकार हुने हो पत्तो छैन । आफ्नै बाबा दाजु भाईबाट दिदी/बहिनी ,छोरी/बुहारी बलात्कार भन्ने समाचार आउन थालेको छ । जबर्जस्ती चलेको यो देशमा सबथोक जबर्जस्ती हुन् थालेको छ। कहिले बन्छ हाम्रो देश ? र कहिले भन्रन् पाइएला सभ्य देश हो नेपाल भनेर ?

दुखको कुरा यो हो जहाँ अन्धकार हुन्छ त्यहाँ अन्धो बनिन्छ बनाउछ । यो सहर/बजारमा हिडिरहेकी महिला बलात्कार भएको खबर जब आउँछ अनि भकानिन्छ मन । जहाँ यी नारीको भबिष्य के हो ? र के थियो भन्ने सोच्दैनन् समाज ।

बिचरी आफ्नो परिवारको लागि एक छाक टार्न साहुको जागिर गर्छे उ । उता साहुनी नभएको मौका छोपि तिनै कामदारलाई जबर्जती गर्छ साहुले । नमानौ जागिरको चिन्ता, भोलि बालबच्चा कसरी पाल्नु भन्ने पिडा । मानौं आफ्नो भए भरको मान, सम्मान र इज्जत सबै साहुलाई सुम्पनु पर्ने अवस्था । त्यो बेला लाग्छ यो दुनियामा पुरुषलाई मानब किन बनाएको हाेला ? अनि बोलिरहेको यी शब्दहरु पनि रोकिन्छन र बन्दै गरेको समाजको बास्तबिक दृश्यप्रति घृणा जाग्छ ।

यी पुरुषवादी समाज जहाँ जातीयताको ठुलो युद्ध चल्छ, जहाँ महिला हिंसाको लागि प्रतिस्पर्धा चल्छ, जहाँ दिन रात जुवातासको अड्डा बस्छ । यी पुरुषहरूको लागि कसले दिने सतबुद्धी ? छिट्टै पलाओस बुद्धी नत्र आईजा मलाई सक्छस भने बलात्कार गर ।

२०७४ फागुन २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड