इमान्दार संवाददाता
९६ पटक

काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले प्रधानमन्त्री समेत दोब्बर भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् ।  भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन कार्यक्रममा बाेल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

‘यसअघि प्रधानमन्त्रीहरु समेत शून्य सहनशीलताको नारा लगाउँदै दोब्बर भ्रष्टाचारमा लागे ।’ उनले भने -‘यसभन्दा अगाडि मन्त्री बनेपछि असुली गर्ने, कर्मचारी असुलीमा सहभागी हुने र तस्करहरूले हाम्रा कर्मचारीलाई घुस ख्वाउने गर्थे । उद्योगीहरुले पनि हाम्रा कर्मचारीलाई घुस ख्वाउँथे ।, यद्धपि उनले नेपालको कुन चाहिँ प्रधानमन्त्रीले भ्रष्टाचार गरेको हो त्यो भने प्रष्ट पारेनन् ।

उनले आइन्दा मन्त्री तथा कर्मचारीहरुलाई घुस नखुवाउन उद्योगीहरुलाई चेतावनी दिएका छन् । उनले थपे,-  ‘अहिलेसम्म हामीले आफ्ना लागि मात्र काम गर्‍यौँ, अब यस्तो चल्दैन ।’

उनले प्रधानमन्त्रीहरु पनि भ्रष्टाचारप्रति शून्य सहनशीलता भन्ने अनि आफैँ भ्रष्टाचारमा लाग्ने गरेको आरोप समेत लगाउँदै मन्त्री, प्रधानमन्त्री र कर्मचारीहरुलाई पेश्की रकम नदिन उद्योगीहरुलाई आग्रह गरे । ‘प्रधानमन्त्रीहरु पनि भ्रष्टाचारप्रति शून्य सहनशीलता भन्ने तर दोब्बर भ्रष्टाचार गरिदिने,’ उनले भने, ‘अब तपाईंहरुले पनि पेश्की दिन बन्द गरिदिनुहोला । गलत काम गर्न नलाग्नु होला । जसले घुस ख्वाउँछ, त्यसको काम हुँदैन । जसले घुस खान्छ, त्यसको त हालत के हुन्छ हुन्छ ।’

‘अब हाम्रो कमान्डर प्रधानमन्त्री हुनुहुन्छ, उहाँले भ्रष्टाचारप्रति शून्य सहनशीलता भन्नुभएको छ । तपाईंहरु तयार हुने कि नहुने ?’ मन्त्री यादवले उद्योगीहरुलाई सोधे । ‘हाम्रो कमान्डरले गडबड गर्नेको केही कुरा सुन्नुहुन्न । तपाईंको मन्त्रीले यसो गर्‍यो भनेर कमान्डरलाइ सुनाएर पनि हुँदैन । अब सिपाहीले अन द स्पट कारवाही गरेपछि मात्र प्रधानमन्त्रीलाई थाहा हुन्छ ।’

हामी गडबड गर्नेलाई एकचोटि मिनाहा गरिदिन्छौँ, हिजो केके गर्नुभयो मिनाहा भयो । तर धेरै गलत काम गर्नुभएको छ, देशै डुबाउने काम गर्नुभएको छ भनेचाहिँ मिनाहा हुँदैन ।’ उनले अब अर्थतन्त्रको आकार छाताजस्तो नभइ पिरामिडजस्तो बनाउनुपर्ने तर्क पनि गरे ।

‘दुईचार जना अर्बपति, खर्बपछि भएर देश धनी हुँदैन । कति देशमा यस्ता अर्बपतिले हाम्रो देशको बजेट जतिको घर नै बनाएका छन् । तर त्यही देशमा भिखमङ्गाको ताँती हुन्छ । त्यो देश के धनी ? हामी यस्ता धेरै देशभन्दा राम्रो छौं । अब छाताजस्तो होइन, पिरामिड जस्तो अर्थतन्त्रको विकास गर्नुपर्छ ।’

उनले उद्योगी र कर्मचारीका एउटै विभागबाट चारवटा संगठन खादा लगाइदिन आउनाले मन्त्रीहरुलाई काममा बाधा परेको गुनासो पनि गरे । ‘हामीलाई भन्नुहुन्छ तपाईंहरु, अब म तपाईंहरुलार्इ भन्छु यस्तो नगरिदिनुहोला,’ उनले भने ।

२०७४ फागुन २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड