आज : २०७५ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
३०३८ पटक

काठमाडौँ, २३ फागुन ।

पार्टी भित्र चरम बिबाद बढिरहेका बेला नेकापा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

तत्कालिन प्रधानमन्त्री देउवाले सञ्चारकर्मी सामु राजीनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन र देशवासीका नाममा गरिएको सम्बोधन सक्न नपाउदैराष्ट्रपति भण्डारीबाट प्रधानमन्त्री घोषित ओली विरुद्ध बुधबार रिट दायर भएको हो ।

ओली सांसद निर्वाचित भएपनि संसदको सपथ ग्रहण नै नगरी प्रधानमन्त्री बनेको भन्दै उनिविरुद्ध सर्वोच्चमा रिट परेको हो । प्रधानमन्त्री हुनका लागि संसदको सपथ लिनुपर्ने प्रावधानलाई लत्याएर सिधै प्रधानमन्त्री भएको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन् ।

न्यौपानेले दायर गरेको रिटमाथि आउँदो शुक्रबारका लागि पेसी तोकिएको छ । नयाँ राष्ट्रपति चयनका बारेमा एमालेले टुंगो लगाउन नसक्दा बिद्या भण्डारीलाई पुनः राष्ट्रपति बनाउनुपर्ने झमेला झेलेका ओलीले राष्ट्रपतिको उम्मेदवार दर्ता भएकै दिन अर्को मुद्दा खेप्नु परेको छ ।

तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले राजिनामा दिएपछि हतार हतार प्रधानमन्त्री बनेका ओलीले पदभार ग्रहण गरेको एक महिना पनि नपुग्दै सर्बोच्च अदालतमा मुद्दा खेप्नुपरेको छ ।

सांसदहरुले शपथ ग्रहण गरिसकेपछि मात्र सांसदको कुनै पनि सदस्य प्रधानमन्त्री नियुक्त हुने ब्यबस्था भएपनि एमाले माओवादीबीच पार्टी एकताको चर्चा चलिरहेका बेला आफु प्रधानमन्त्री नबन्दा चलखेल हुनसक्ने भन्दै ओली हतार हतार प्रधनमन्त्री बनेका थिए ।

ओलीलाई तत्कालिन बेला आफु प्रधानमन्त्री नबन्दा काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रलोभनमा पारेर प्रधानमन्त्री बनाउने र आफुसंगको पार्टी एकता समेत भाड्ने डर थियो ।

संसदको शपथ ग्रहण नै प्रधानमन्त्री बनेका ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभाका अरु सांसदहरुसँगै फागुन २० गते शपथ लिएका थिए ।

२०७४ फागुन २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...