इमान्दार संवाददाता
५७० पटक

रेशम अधिकारी

गन्तव्य बिर्सिएका नभका बिमान जस्ता
आगो पिएर हिँड्छन् मान्छे मसान जस्ता ।

टेकेर लाश माथि हावा बहन्छ हाँस्दै
जाडो तुषारो बोकि ल्याउँछन् बिहान जस्ता ।

यो खण्डहरको साक्षी बाँकी अझै छ जीवन
केवल ढले रहर ती सग्ला मकान जस्ता ।

बास्ना सुँघेर फूल फाल्ने परम्परा छ
आगो रोपेर छाती बन्लान् बगान जस्ता ।

आस्थाहरूको आगो आँखा निभाउँदैनन्
भालाहरूले हाने लाग्छन् निदान जस्ता ।

२१ फाल्गुन २०७४

२०७४ फागुन २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड