इमान्दार संवाददाता
५६६२ पटक

पोखरा ।

पछिल्लो र्निबाचन मतपरिणाम र नेकपा एमाले संगको पार्टी एकता हुने निश्चीत भएपछि माओबादी केन्द्रले एकिकृत पार्टीमा आफ्ना तर्फबाट नेतृत्वमा रहने नेताहरुको बारेमा अनौपचारीक बहस सुरु गरेको छ । एकिकृत पार्टी बनाउदा दुबै पक्षका नेता कार्यकर्ताहरुलाई मिलाउन सक्ने वा आन्तरीक प्रतिष्पर्धामा खारीएका शिर्ष तहका नेताहरुलाई नै पार्टीको प्रदेशको जिम्मा दिने गरि नेतृत्व परिबर्तन गर्ने बहस पार्टीभित्र सुरु भएको एक नेताले जानकारी दिए ।

स्थानिय तह वा प्रदेश, प्रनिधिसभाको र्निबाचनमो मतपरिणाम लाई पनि जिल्लामा नेतृत्व गर्ने नेताहरुको मुल्याङ्गकनको आधार बनाएको माओबादीले अहिले कुनैपनि लाभको पदमा नरहेका तर पुराना नेताहरुलाई प्रदेशको जिम्मेवारी दिने तयारी गरेको छ र प्रदेश ४ मा यसअघि पनि नेतृत्व गरिसकेका पुर्ब तमुवान राज्य समितिका ईन्चार्ज हितराज पाण्डेलाई प्रदेशको ईन्जार्च बनाउने तयारी भएको माओबादी स्रोतले जनाएको छ ।

प्रदेश नं ४ को पार्टी कमिटिमा गोरखा प्रभावशाली जिल्लाको रुपमा चिनिदै आएपनि यो पटकको र्निबाचनमा माओबादीले अपेक्षाकृत उपलब्धी हासिल गर्न भने सकेन । पार्टीका केन्द्रीय उपाध्यक्ष नै पराजित भए । स्थानिय तह र्निबाचनमा पनि काग्रेसले बलियो उपस्थिती जनाएको गोरखा बाटै प्रदेशको नेतृत्वमा आएका हरि अधिकारी ( कुमार ) अहिले प्रदेश संयोजक छन । तर अधिकारीको कार्यशैली एकाङ्गी ढंगको रहकाले उनले पार्टीमा शन्तुलन मिलाउन नसकेको पार्टी केन्द्रको बझाई छ । सभासदको लिष्टमा रहेर पनि अन्तीममा क्लष्टर नमिलेका कारण हटेको पुर्बमन्त्री हितराज पाण्डेले प्रदेशको नेतृत्व गर्न सक्ने भन्दै उनले पुनः जिम्मेबारी दिने तयारी भएको बताइएको छ ।

माओबादी आन्दोलनका पुराना नेता तथा कास्की लगायत प्रदेशका बिभिन्न जिल्लाको सक्रेटरी वा ईन्चार्जको भुमिका निभाईसकेको झलकपाणी तिवारीलाई पनि कार्यकारी भुमिकामा ल्याउने तयारी भएको एक नेताले जानकारी दिए । उनि हालसम्म पनि कुनैपनि लाभको पदमा रहेका छैनन् ।

पछिल्लो र्निबाचनमा कास्की र्निबाचन क्षेत्र नं १ बाट प्रदेशसभामा जाने अपेक्षा राखेका तिवारीलाई हरि अधिकारीले ब्याक्तिगत ईगो राखेर उनको टिकट राकेको भन्दै तिवारीले आक्रोश समेत पोखेका थिए । उक्त क्षेत्रमा माओबादीका दिपक कोईरालाले टिकट पाएका थिए । तिवारीको निरन्तरको पार्टी सक्रियता र स्पष्ट बिचार भएका कारण प्रदेश संयोजकमा तिवारीलाई जिम्मेबारी दिने बताईएको छ । कास्कीको स्थानिय नेताहरु अहिलेसम्म ओझेलमा परेको भन्दै तिवारीको पक्षमा माहोल बनाउन पनि स्थानिय नेताहरु लागिसकेका छन ।

प्रदेशसभाामा पराजित कास्की जिल्लाको ईन्चार्ज राजकाजि तमुले पनि कार्यकारी भुमिका खाजेपनि उनि पटक पटक बिबादमा आईरहने नेता भएका कारण एमालेबृत्तले पनि उनलाई नरुचाउने भएकाले उनले हाल कार्यकारी भुमिका पाउने बिषयमा कठिन देखिएको स्रोतले बताएको छ ।

करणलाई पार्टीको शिर्ष तहका केही नेताले बिस्वासपात्रको रुपमा लिने गरेको भन्ने कुरा बाहिर आउने गरपनि बिगतको गल्तीबाट पाठ सिकेर नेताहरुले अब त्यो गल्ती नगर्ने एक नेताले नाम नबताउने सर्तमा भने । यदि अब पनि चेत पसेन भने माथिको र्निणय मानीरहनुपर्छ भन्ने नभएको उनको भनाई थियो । नेता कार्यकर्ता र जनताको माग बमोजिम नेतृत्व चयन गर्ने परिपाटीको बिकास नगरे आन्तरीक बिद्रोह हुने स्रोतले बतायो ।

२०७४ फागुन २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड