आज : २०७५ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१४३३ पटक

काठमाडौँ, १९ फागुन ।

नेपाल प्रहरीको खोजी सूचीमा रहेका मोस्ट वान्टेड एमाले सांसद नवराज सिलवाल शनिवार एकाएक बानेश्वरस्थित सांसद भवनमा देखिएका छन्।

एमाले र माओवादी सांसदहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा भाग लिन सिलवाल संसद भवन बानेश्वर छिरेका हुन् । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम ११ बजेलाई बोलाइएको थियो । भवनभित्र उनी एक्लै गएका थिए।

प्रहरीको खोजी सूचीमा रहे पनि उनी कडा सुरक्षा निगरानी रहेको संसद् भवनभित्र ढाका टोपी र कालो रङको कोट-पाइन्टमा रहेका सिलवालसांसद भवन छिरेपछि सबैले आश्चर्य प्रकट गरेका छन्।

आइजिपी बढुवा सम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो।

त्यसपछि उनी फरार रहँदै आएका छन् भने प्रहरीले खोजी गरिरहेको बताएको छ। सिलवालले भने सरकारले प्रतिशोध स्वरुप आफूविरुद्ध मुद्दा चलाउन खोजेको आरोप लगाउँदै आएका थिए।

एकीकरण प्रक्रियामा रहेका दुवै दलको सांसदहरुको संयुक्त बैठक पहिलो पटक बसिरहेको छ। सो बैठकमा दुवै दलका पार्टी अध्यक्षले आफ्ना सांसदहरुलाई पार्टीको भाबि रणनीतिका बारेमा प्रशिक्षण दिने छन् ।

संसदमा दुवै पार्टीबाट नयाँ अनुहारको समेत प्रतिनिधित्व रहेकाले शीर्ष नेता समेतले संसदीय अभ्यास र गतिविधिका विषयमा सांसदहरुलाई निर्देशन दिन बैठक आयोजना गरिएको हो।

निर्वाचनपछि संसदको पहिलो बैठक २१ गते बस्दैछ। त्यसअघि आइतबार प्रतिनिधिसभाका सांसद्हरुको सपथ हुँदैछ।

हेर्नुहोस सिलवाल सांसद भवन प्रवेश गर्दाका केही तस्बिरहरु

२०७४ फागुन १९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...