इमान्दार संवाददाता
३४५ पटक

काठमाडौं।

अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउनेलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका महासचिव चलाउने संगठनको कामको क्रममा काठमाडौंको हात्तिसारबाट शुक्रबार विहान १० बजेतिर गिरफ्तार गरेको संगठनकी केन्द्रीय सचिवालय सदस्य सुनिता बमले जानकारी दिएकी छिन ।

अहिले चलाउनेलाई कमलपोखरी प्रहरी वृतमा राखिएको सूचना प्राप्त भए पनि प्रहरीले भने सूचना लुकाएको छ ।  महासचिव चलाउनेलार्इ केकति कारणले गिरफ्तार गरेको हो भन्ने विषयमा बुझ्न खोज्दा कमलपोखरी प्रहरी (०१४४११७५५) ले यस बारेमा अाफुहरूलार्इ जानकारी नै नभएको र अपराध महासखामा बुझ्नुहोला भन्दै फोन राख्यो । लगत्तै हामीले कमलपोखरी प्रहरीका प्रमुख डिएसपी कुलदिप चन्दलाई सम्पर्क गरेका थियौं ।

प्रहरी प्रमुख डिएसपी चन्दले इमान्दार मिडियासँग कुरा गर्दै आफुलाई चलाउने गिरफ्तार परेको बारेमा कुनै पनि सूचना प्राप्त नभएको बताए । ‘म बिहानैदेखि अफिस बाहिर नै भए । अहिले पनि उपराष्ट्रपति ज्यूको कार्यक्रममा छु । कसैलाई गिरफ्तार गरेर ल्याएको खबर छैन । ‘ उनले इमान्दार मिडियासँग भने,- ‘अफिस गएर बुझेपछि मात्रै थाहा हुन्छ त्यसपछि के हो भन्ने कुरा म जानकारी दिनसक्छु ।’

चलाउने गिरफ्तार परेको बिषयलाई लिएर अहिलेसम्म आफुलाई दर्जन फोनकल आएको प्रहरी प्रमुख चन्दले बताए । यसैबीच अपराध अनुसन्धान महाशाखाले पनि यस विषयमा जानकारी नै नभएको बताएको छ । महाशाखाका एसपी रामदत्त जाेशीले भने,- हैन यसविषयमा कुनै सूचना या जानकारी छैन ।’

उता हनुमान ढोकाका डिएसपी मोहन कुमार थापाले पनि चलाउने गिरफ्तार परेको विषयमा जानकारी नभएको बताएका छन् ।

चलाउनेलाई गिरफ्तार गरेर लागेको  सूचना प्रत्यक्षदर्शीले नै इमान्दार मिडियालाई जानकारी दिएका हुन् । आफ्नो नाम नबताउने सर्तमा ति प्रत्यक्षदर्शीले भने,- ‘ दीपेन्द्र चलाउनेलाई हात्तीसारबाट पक्राउ गरेर कमलपोखरी प्रहरी वृतभित्र लगिएकाे मैले अाफ्नै अाखाँले देखेकाे हुँ । प्रहरीले किन सूचना लुकायाे त्याे मलार्इ थाहा छैन ।’

चलाउनेलाई हात्तीसारबाट पक्राउ गरेर लागेकोबारे प्रहरीले सूचना नै लुकाएपछि घटना रहस्यमय बनेको छ । पछिल्लोसमय प्रधानमन्त्री बनेलगत्तै केपी ओली सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि व्यापक धरपकड, दमन र गिरफ्तारी बढाएकाे छ ।

गत ६ गते नेकपाको युवादस्ता याेङ रेड फाेर्सकाे सम्मेलनका लागि विराटनगर पुगेका नेकपा स्थायी सदस्य सुदर्शन र पोलिटब्युरो सदस्य पदम राईसहित सयौं नेता कार्यकर्तालाई ओली सरकारले एकैदिन गिरफ्तार गरेको थियाे ।

त्यहि दमनकाे बिराेधमा फागुन ८ गते नेकपाले गरेकाे नेपाल बन्दकाे क्रममा समेत दर्जनाैं नेता कार्यकर्ता गिरफ्तार परेका छन् भने नेता सुदर्शन र राईसहित ३ जना अनि अझै रिहा भएका छैनन् ।

२०७४ फागुन ११ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड