इमान्दार संवाददाता
४६० पटक

काठमाडौं, ११ फागुन।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेको दुई हप्ता पूरा हुन नपाउँदै उनको पुत्‍ला जलाइएको छ । गृह जिल्ला झापासहित देशभरी एकैसाथ ओलीको पुत्ला दहन भएको हो ।

शान्तिपूर्णरुपमा भेला सम्मेलन गरिरहेका आफ्ना नेता-कार्यकर्तालाई सरकारले गिरफ्तार गर्न निर्देशन दिएको बिरोधमा नेपाल कम्युनिस्ट पार्टीले शुक्रबार देशैभर एकैसाथ प्रधानमन्त्रीको पुत्ला जलाएको हो ।

नेकपाको युवा संगठन राष्ट्रिय जनस्वयम सेवकको राष्ट्रिय सम्मेलनमा प्रहरीले गरेको हस्तक्षेप र पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट्ब्यूरो सदस्य पदम राईको गिरफ्तारी विरुद्ध नेकपाले चरणबद्ध संघर्षका कार्यक्रम गरिरहेको छ ।

मंगलबार नेपाल बन्दको अायोजना गरेको नेकपाले अाज देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो । नेकपाका कार्यकर्ता र समर्थकहरुले झापा, गुल्मी, स्याङ्जा, बिराटनगर, दाङ, पोखरा भरतपुर चितवनलगायत देशभर एकैसाथ प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका छन् ।

त्यस्तै पूर्वी कमाणड अन्तर्गत धनकुटाकाे पाखीबास, सिन्धुलीको हरिहरपुरगढी ८ पानताले र हरिहरपुरगढीकै १ जीतपुरमा पनि ओलीको पुत्ला जलाइएको छ । उता पश्चिममा दाङको घोराहीको शहिद गेट चोकमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।

२०७४ फागुन ११ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड