इमान्दार संवाददाता
२१४ पटक

काठमाडौँ, ८ फागुन ।

कुबेत सरकारले अकामा अथवा परिचयपत्रको म्याद सकिएका तर कुवेत छाड्ने अनुमति लिइसकेका कामदारलाई दुई महिनाभित्र फर्कने अवसर दिएको छ । सरकारको २० फेब्रुअरी २०१८ को निर्णय अनुसार २२ अप्रिल सम्मको म्याद थप गरेको हो ।

यसअघि पनि अवैधानिक आप्रवासी कामदारलाई कागजपत्र मिलाउन र आममाफीको अवधिमा घर फर्कन २२ फेब्रुअरी २०१८ सम्मको समय दिएको थियो ।

नेपाली दुतावासले आज एक सार्वजनिक सुचना जारी गर्दै “कुवेत सरकारको २३ जनवरी २०१८ को सूचना अनुरूप आवासीय कानून उल्लंघन गरी विनाभिसा गैरकानूनी रूपमा कुवेतमा बस्दै आएका विदेशी कामदारहरूलाई जरिवाना (गरामा) तिरेर भिसा लगाएर कुवेत बस्न वा जरिवाना (गरामा) नतिरी आफ्नो देश फर्किने प्रक्रियाको लागि २९ जनवरी २०१८ देखि २२ फेब्रुअरी २०१८ सम्म तोकिएको थियो।

सो सम्बन्धमा कुवेत सरकारको मिति २० फेब्रुअरी २०१८ को निर्णय अनुसार आममाफी प्रक्रियाको अवधि २३ फेब्रुअरी २०१८ देखि २२ अप्रिल २०१८ सम्म थप बढाईएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गराएको छ ।

नेपाल फर्किने प्रक्रियाका लागि यात्रा अनुमती पत्र (Travel Document) तथा अन्य आवश्यक परामर्श र सहयोगको लागि यस राजदूतावासबाट विदाको दिनमा समेत कार्य भईरहेकोमा हाल उक्त कार्यको निम्ति राजदूतावास आउने सेवाग्राहीहरूको संख्या घटेकोले २३ फेब्रुअरी पश्चात् उक्त कार्य राजदूतावास खुलेको दिनमा मात्र (सार्वजनिक विदाको दिन बाहेक) हुने जानकारी गराउदै तपशिल कुराहरुमा ध्यान दिन अनि सवैमा अपिल गरेको छ ।

१. आममाफी प्रक्रिया भिसाको म्याद गत २४ जनवरी २०१८ अघि समाप्त भएका तथा २४ जनवरी २०१८ भन्दा अघि नै स्पोन्सर/कम्पनीले भागेको (Run Away Case) उजुरी गरेका कम्पनी तथा घरमा काम गर्ने कामदारहरूको हकमा मात्र लागू हुने।

२४ जनवरी २०१८ पछि भिसाको म्याद समाप्त भएका तथा २४ जनवरी २०१८ भन्दा पछि स्पोन्सर/कम्पनीले भागेको (Run Away Case) उजुरी गरेका कामदारहरूको हकमा आममाफी लागू नहुने।

२. बैङ्क एवम् वित्तीय संस्थाबाट ऋण लिएर वा मोबाईल फोन लगायतका सामानहरू किस्ताबन्दीमा लिएबापत् सम्बन्धित कम्पनीमा तिर्नुपर्ने रकम नतिरेको कारण यात्रा निषेध (Travel Ban) आदेश जारी भएकाहरू भने यस अवधिभित्र उक्त केस फर्छयौट गरी माथिको प्रक्रिया पूरा गरेर मात्र नेपाल फर्कन सक्ने।

३. यस राजदूतावासबाट जारी गरिएको यात्रा अनुमती पत्र (Travel Document) को बहाल अवधि (validity period) ३ महिना उल्लेख भएतापनि आममाफी प्रक्रिया अन्तर्गत नेपाल फर्किनको लागि यात्रा अनुमती पत्र (Travel Document) लिएका व्यक्तिहरू २२ अप्रिल २०१८ भित्र नेपाल फर्कि सक्नुपर्ने।

२०७४ फागुन ८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड