इमान्दार संवाददाता
३०१ पटक

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका थप ८ जना नेताहरु गिरफ्तार परेका छन् । फागुन ८ गते मंगलबार हुन लागेको नेपाल बन्दको पूर्वसन्ध्यामा देशका विभिन्न ठाउँबाट नेकपाका ८ नेताहरुलाई केपी ओली सरकारले गिरफ्तार गरेको हो ।

नेकपाले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार काठमाडौंबाट २, कपिलवस्तुबाट ५ र चितवनबाट १ जनालाई प्रहरीले बिना कारण गिरफ्तार गरेको छ ।

काठमाडौंबाट नेकपानिकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य गणेश रैकाल र सिटीइभिटी उपत्यका जिल्ला सदस्य सन्तोष खड्का, चितवनबाट तेजेन्द्र सापकोटा र लुम्बिनीबाट अन्य ५ जना गिरफ्तार परेका छन् ।

शान्तिपुर्णरुपमा सभा सम्मेलन गर्न पाउने कानुनि ब्यबस्था रहेको मुलुकमा पूर्व घोषित सम्मेलन अवरोध गर्ने नियतका साथ सरकारले पार्टीका नेता तथा कार्यकर्ता र समर्थकलाई दमन, धरपकड, गिरफ्तार गर्ने र झुठा मुद्दा लगाएर फसाउने सड्यन्त्र गरेको भन्दै नेकपाले नेपाल बन्द आयोजना गरेको हो।

साथै उद्योग, ब्यबसाय, शिक्षण संस्था, बजार, कलकारखाना बन्द गरेर नेपाल बन्दमा सहयोग गर्न नेकपाले सम्बन्धित सबै पक्षसंग आग्रह गरेको छ ।

बन्दमा प्रेस, एम्बुलेन्स, शब बहान, दुध बोक्ने गाडी र पानी बोक्ने गाडीजस्ता अत्यावश्यक सवारीसाधनलाई भने चल्न पाउने सो पार्टीले जनाएको छ । यस्तै नेकपाले जनसमुदायको साथमा प्रभावकारी भूमिका निभाएर बन्द सफल पार्न पार्टी नेता तथा कार्यकर्तालाई अपिल गरेको छ ।

ओली सरकारले नेकपाको युवा दस्ता याेङ रेड फाेर्सकाे राष्ट्रिय सम्मेलनमाथि हस्तक्षेप गरेर नेता सुदर्शन र पदम राईसहित सयौंलाई गिरफ्तार गरेपछि नेकपाले मंगलबारको बन्दलाई आक्रामक रुपमा प्रस्तुत गर्ने जनाएको छ । नेता सुदर्शन, राईसहित ३ जना अझै विराटनगर प्रहरी हिरासतमा छन् भने अन्यलाई हिजै आइतबार साँझ रिहा गरेको थियो ।

यसैबीच एकपछि अर्को गर्दै नेताकार्यकर्ताहरुमाथि ओली सरकारले ब्यापक दमन गरेको भन्दै आफ्नो फासिवादी चरित्र नसच्याए थप कडा संघर्ष गर्ने नेकपाले चेतावनी दिएको छ ।

 

२०७४ फागुन ७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड